+
+
Shares

सिटिजन्स बैंक र चिरायु नेसनल हस्पिटलबीच सहकार्य

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २ गते १८:१७

२ मंसिर, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल ईन्स्टिच्युट बसुन्धराबिच बैंकका ग्राहकवर्गलाई हस्पिटलको सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतापश्चात सिटिजन्स बैंकका डेबिट, क्रेडिट र प्रिभिलेज कार्डवाहक र खाता भएकाहरुले चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल ईन्स्टिच्युटमा उपचार गराउँदा तथा अन्य सेवा लिंदा विशेष छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

‘योर पार्टनरफर प्रोग्रेस’ भन्ने नारालाई आत्मसाथ गरी सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएकाआˆना ८५ वटा शाखा, ८२ वटा ए.टि.एम. र १०२ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?