Comments Add Comment

उत्तराखण्डका मुख्यमन्त्रीले भने : कालापानी भारतकै हो, भारतकै रहन्छ

३ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले कालापानीबाट भारतीय फौज हटाउनुपर्ने सार्वजनिक अभिव्यक्ति दिएपछि भारतमा पनि तरंग आएको छ ।

भारतीय सञ्चार माध्यमहरुले प्रधानमन्त्री ओलीको अभिव्यक्तिलाई स्थान दिएसँग भारतीयहरुमाझ पनि यो विषयले चर्चा पाउन थालेको हो । यसाबारे उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले मुख खोलेका छन् ।

मुख्यमन्त्री राउतले अमर उजालासँग कुरा गर्दै कालापानी क्षेत्र भारतको हिस्सा भएको दाबी गरेका छन् ।

उनले भनेका छन्, ‘जुन कुरा नेपालले भनेको छ, त्यो चिन्ताजनक छ । (कालापानी) भारतको हिस्सा हो र भारतकै रहन्छ ।’

यद्यपि उनले नेपाल भारतको मित्र राष्ट्र भएकाले कुनै विवाद भए वार्ता र सम्वादमार्फत हल गर्न सकिने बताएका छन् ।

प्रधानमन्त्री ओलीको अभिव्यक्तिलाई लिएर सोधिएको प्रश्नमा उनले ‘यस्तो किसिमले कुरा गर्ने नेपालको कार्य संस्कृति नभएको’ बताएका छन् ।

भारतले कालापानी–लिपुलेकलाई आफ्नो भूभागमा समेट्दै एकतर्फी रुपमा नक्शा सार्वजनिक गरेपछि नेपालमा विरोध सुरु भएको थियो । पछिल्लो पटक प्रधानमन्त्री ओलीले सार्वजनिक मञ्चबाट कालापानी नेपाली भूमि भएकाले त्यसबाट आफ्नो सेना फिर्ता लैजान भारतलाई आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment