Comments Add Comment

आमिर भन्छन्–‘दर्शक फिल्मको बजेट हेरेर हलमा आउँदैनन्’

नायक आमिर खानले दर्शक चलचित्रको बजेट हेरेर हलमा नआउने बताएका छन् । अहिले बलिउडमा महंगो बजेटमा बनेका चलचित्रहरु सफल नै हुन्छन् भन्ने पक्का छैन । यो बिषयमा भारतीय मिडियाको प्रश्नमा आमिरले भने–‘दर्शक चलचित्रको बजेट हेरेर हलमा आउने होइनन् । यदि, दर्शकलाई चलचित्र मनपर्यो भने त्यो चल्छ नत्र चल्दैन । चाहे त्यो सानो बजेटको चलचित्र होस् या ठूलो बजेटको चलचित्र होस् ।’

नायक खानले चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’ असफल भएपछि दर्शकसँग माफी समेत मागेका थिए । माफी मागिएको बिषयमा उनी भन्छन्–‘म यो बिषयमा धेरै नरम त हुन सक्दिनँ, तर चलचित्र राम्रो बनाउने जिम्मेवारी मेरो पनि हो । अर्कोतिर, विगत १८–१९ बर्षयता मेरा चलचित्रले खराब व्यापार गरेका छैनन् । जब, कुनै चलचित्रप्रति दर्शकको अपेक्षा उच्च हुन्छ, त्यस अनुसार उत्रन सक्नु हाम्रो पनि जिम्मेवारी हो ।’

आमिरले, दर्शकको अपेक्षा अनुसार उत्रन नसकेकाले आफूले माफी मागेको बताएका छन् । आमिर अहिले चलचित्र ‘लाल सिंह चड्डा’को छायांकनमा व्यस्त छन् । यो चलचित्र आउँदो बर्षको क्रिसमसमा रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment