News Summary
Generated by OK AI. Editorially reviewed.- बलिउड अभिनेता आमिर खान प्रेमिका गौरी स्प्राटसँग तेस्रो विवाह गर्ने तयारीमा जुटेको चर्चा भारतीय सञ्चारमाध्यममा शुरू भएको छ ।
- पारिवारिक स्रोतका अनुसार आगामी ५ जुलाईमा हुने उनीहरूको वैवाहिक समारोह निकै सादगीपूर्ण र गोप्य राखिने जनाइएको छ ।
- विगत एक वर्षभन्दा बढी समयदेखि सँगै बस्दै आएका आमिर र गौरीलाई उनले ६०औँ जन्मदिनका अवसरमा सार्वजनिक गरेका थिए ।
मुम्बई । बलिउड अभिनेता आमिर खान तेस्रो विवाहको तयारीमा जुटेको चर्चा सुरु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार आमिर र प्रेमिका गौरी स्प्राटले सम्बन्धलाई विवाहको रुप दिने तयारी गरेका हुन् ।
यी दुवैजना लामो समयदेखि सम्बन्धमा छन् । आमिरले ६०औँ जन्मदिनका अवसरमा गौरीलाई सार्वजनिक रुपमा चिनाएका थिए । यदि यो विवाह सम्पन्न भयो भने आमिरको यो तेस्रो विवाह हुनेछ ।
स्रोतका अनसार ५ जुलाईमा वैवाहिक समारोह हुँदैछ, जहाँ, निकट पारिवारिक सदस्य र मित्र सहभागी हुने अपेक्षा छ ।
विवरणअनुसार, विवाह समारोह निकै सादगीपूर्ण हुनेछ । गोपनीयतालाई विशेष ध्यान दिइनेछ । यसअघि आमिरले गौरीसँगको सम्बन्धबारे खुलासा गर्दै उनी बेंगलुरुमा बस्ने भएकाले आफू त्यहाँ भेट्न जाने गरेको र मिडियाको कम उपस्थितिका कारण सम्बन्ध लामो समयसम्म सार्वजनिक नभएको बताएका थिए ।
तेस्रो विवाहबारे सोधिएको प्रश्नमा आमिरले पहिले भनेका थिए, ‘मैले दुई पटक विवाह गरिसकेको छु । अब ६० वर्षको उमेरमा फेरि विवाह गर्नु उपयुक्त नदेखिन सक्छ’ उनले भनेका थिए, ‘तर हेरौं, भविष्यमा के हुन्छ ।’
स्रोतका अनुसार आमिर र गौरी पछिल्लो एक वर्षभन्दा बढी समयदेखि परिवारजस्तै साथमा बस्दै आएका छन् ।
प्रतिक्रिया 4