Comments Add Comment

‘सक्कीगोनी’देखि ‘भद्रगोल’सम्मः ‘सिरियलमा देशको सिमाना मिचिएको कथा’

सानो पर्दामा प्रशारण हुने टेलिसिरियलहरुमा विषेशगरि सामान्य विषयबस्तुलाई हाँस्यप्रधान रुपमा प्रस्तुत गर्ने गरिन्छ । सकेसम्म नाटकिय कथालाई टेलिसिरियलको खुराक बनाइन्थ्यो । काल्पनिक विषयमा टेलिसिरियलहरु निर्माण भइरहेका छन् । जसले दर्शकलाई सन्देश भन्दा पनि मनोरञ्जन मात्र दिइरहेका छन् ।

तर, पछिल्लो समय भने टेलिसिरियलहरुले फरक विषयबस्तुलाई आफ्नो खुराक बनाइरहेका छन् । देशको सिमानाको विषयले धेरै हाँस्यकलाकारहरुको ध्यान खिचेको छ । टेलिभिजनको पर्दामा अहिले पारिवारिक सिरियलको खासै चर्चा छैन । थोरै, चलेका सिरियलमा हाँस्यप्रधान सिरियलकै मात्र दबदबा छ ।

गत बिहिबार प्रशारण भएको चल्तीको सिरियल ‘सक्किगोनी’ टिमले देशको सिमाना बेचिएको कथालाई उठान गरेको छ । यो टेलिसिरियलमा देशका जनताहरु आफैसँग लडाई झगडा गर्दा अर्को देशले सिमाना मिचेको देखाइएको छ । आफ्नो भूमि आफ्नै आँखा अगाडि अरुले मिचेको र प्रतिकार गर्न खोज्दा कुटाई खानु परेको विषयलाई पनि ‘सक्किगोनी’ले उठान गरेको छ ।

सिमाना मिचिएपछि राजैनीतिक तबरबाट कुनै पहल नगरिएको पनि सिरियलमा उल्लेख गरिएको छ । कतैबाट सहयोग नहुने भएपछि जनता आफै जागरुक भएर मिचिएको सिमाना फिर्ता गर्न गरेको संघर्षलाई देखाइएको छ । सिरियलले नेपालीहरु बहादुर भएको चित्रण गरेको छ ।

‘सक्किगोनी’ सिरियलका कलाकार तथा क्रियटिभ निर्देशक दीपक आचार्य ‘काकु’ले देशमा भइरहेको समस्यालाई आफ्नो पेशाबाट आवाज उठाएको बताए । उनले भने–‘हामी हात हतियार बोकेर सिमानासम्म पुग्न सक्दैनौ ।’ सबैभन्दा बलियो हतियार पनि आवाज नै हो जस्तो लाग्छ । त्यसैले आफ्नो पेशबाट आवाज उठाएका हौँ ।’

सिरियल प्रशारणमा आएपछि धेरैले राम्रो भएको प्रतिक्रिया दिएका छन् । तर, वास्तविकतासँग नजिक रहेर काम गर्न नसकिएको काकु बताउँछन् । उनले भने–‘हामीले सांकेतिक रुपमा सिरियल तयार पारेका हौं । त्यसमा हामी सफल भएका छौं । तर, अझ वास्तविक गर्न सकेको भए राम्रो हुने थियो ।’

युट्युबमा यो सिरियलले रेकर्ड नै बनाएको उनको दावी छ । भन्छन्–‘२४ घण्टामा नै यसले १२ लाख बढी भ्यूज पाएको थियो ।’ त्यस्तै, अर्को टेलिसिरियल ‘हल्का रमाइलो’ले पनि सिमानाको कथालाई प्रस्तुत गरेको छ । आफ्नो सिमाना छिमेकीले मिचेपछि भूमी फिर्ताका लागि जनताले लडेको लडाइलाई सिरियलमा देखाइएको छ ।

यो सिरियलले राजनैतिक व्यक्तिहरुको मिलोमतोमा नै देशको भूमी मिचिएको देखाउन खोजेको छ । गत शुक्रबार प्रशारण भएको टेलिसिरियल ‘भद्रगोल’को अन्तिम ४ मिनेटमा सिमाना मिचिएको विषयलाई उठाइएको छ । नारा लगाउँदै सिमानासम्म पुगेको दृष्य सिरियलमा समावेश छ ।

मंगलबारमात्र प्रशारण भएको ‘मेरी बास्सै’मा पनि सिमानाको कथालाई प्रस्तुत गरिएको छ । आफ्नो मिचिएको भूमि फिर्ता गर्नको लागि गरिएको नाराबाजीलाई ‘मेरी बास्सै’मा प्रस्तुत गरिएको छ । मिचिएको सिमाना फिर्ता गर्न गएका जनताहरुमाथि भएको दमन पनि यो सिरियलमा देखाइएको छ ।

प्रायः टेलिसिरियलहरुको प्रस्तुती एकै किसिमको छ । विषयबस्तु उस्तै भएका कारण पनि प्रस्तुति मिलेको हुनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment