Comments Add Comment

मःम भनेपछि हुरुक्क हुन्थें, तर खानै छाडेँ– अभिनेत्री नम्रता सापकोटा

चलचित्र ‘अन्तराल’ मार्फत रजतपटमा आएकी अभिनेत्री हुन् नम्रता सापकोटा । यो अवधिमा उनले समर लभ, छक्का पञ्जा जस्ता चलचित्रहरुमा समेत अभिनय गरेकी छिन् । दर्जनौं म्युजिक भिडियोहरुमा समेत अभिनय गरिसकेकी नम्रता मनोरञ्जन क्षेत्रमा नम्र तथा सुशील अभिनेत्रीको रुपमा स्थापित छिन् । सांस्कृतिक कार्यक्रमहरुमा आकर्षक नृत्य गर्दै आइरहेकी नम्रता साल्सा नृत्यमा समेत पारंगत छिन् । अनलाइनखबरका लागि नम्रतासंग गरिएको छोटो-मीठो कुराकानी :

तपाईंको सौन्दर्यको रहस्य के हो ?

मेरो साधारण जीवनशैली अर्थात मेरो सरलता । मलाई साधारण जीवन बाँच्न मनपर्छ ।

कसरी आफूलाई सुन्दर बनाउनु हुन्छ ?

म आफ्नो दिमागलाई एकदमै सकारात्मक राख्ने प्रयास गर्छु । राम्रो कुरामा फोकस गर्छु । सधैं सकारात्मक कुरा मात्र सोच्छु ।

आफूलाई फिट राख्न के के गर्नु हुन्छ ?

बिहान सबेरै उठ्छु । उठेपछि मनतातो पानी पिएर हल्का वर्कआउट गर्छु ।  उठ्दा-उठ्दै सात बजिसक्छ । राति ढिला सुतियो भने कहिलेकाहिं ८ पनि बज्छ ।

उठ्ने बित्तिकै के खानु हुन्छ ?

तातो पानी खान्छु । त्यसपछि कालो चिया खान्छु ।

दिनभरीको खानपान कस्तो हुन्छ ?

बिहान हृयाभी ब्रेकफास्ट गर्छु । ब्रेकफास्ट हृयाभी लिएपछि दिउँसो लञ्चमा हल्का-फुल्का खानेकुरा खाए पुग्छ । राती डिनरमा पनि हल्का खानेकुरा नै मन पराउँछु, खानामा फलफूल छुटाउँदिन ।

हेल्दी फूडको छनोट कसरी गर्नु हुन्छ ?

सकेसम्म घरमै पाकेको खाना खान्छु । अर्ग्यानिक तरकारीहरु खाने कोशिस गर्छु । तरकारीमा तेल तथा नून असाध्यै कम प्रयोग गर्छु ।

फिटनेसका लागि के के गर्नु हुन्छ ?

हल्का वर्कआउट गर्छु । विगतमा जीम समेत गएकी थिएँ, तर व्यस्तताले गर्दा नियमित रुपमा जिम जान सकेकी छैन । कहिलेकाहिं एरोबिक्स पनि गर्छु । म साल्सा नृत्य पनि गर्छु । साल्सा नृत्यले समेत फिटनेस बढाउन सहयोग पुर्‍याउँछ । ।

कुन-कुन खाना मन लागे पनि खानु हुन्न ?

अहिले मःम एकदमै कम खान थालेकी छु । मःम मेरो अल टाइम फेभरेट भए पनि अहिले खाँदै खान्न भने पनि हुन्छ ।

ब्यूटिपार्लर कत्तिको जानु हुन्छ ?

काम पर्‍यो भने मात्र व्यूटिपार्लर जान्छु । नियमित रुपमा व्यूटिपार्लर जाने गरेकी छैन । म प्रँयः घरमै फेस सफा गरिरहेकी हुन्छु ।

मेकअपमा के-के गर्न मनपर्छ ?

म खासै धेरै मेकअप गर्दिन । प्रँयः सनब्लक अनि क्रिम लगाउँछु । त्यसपछि मात्र हल्का अथवा लाइट मेकअप गर्छु ।

कत्तिको फेसनेवल हुनुहुन्छ ?

फेसनेवल भन्दा पनि म फेसनप्रति अपडेटेड छु ।

तपाईंलाई असाध्यै मनपर्ने पहिरन कुन हो ?

मलाई क्याजुुअल वेयर नै मनपर्छ । यद्यपि, विशेष अवसरहरुमा भने मलाई मनपर्ने पहिरन सारी हो ।

अन्त्यमा, स्वस्थ जीवन बिताउनु के-के गर्नु पर्छ जस्तो लाग्छ ?

खानपिनमा असाध्यै ध्यान दिनु पर्छ । पानी धेरै भन्दा धेरै पिउनु पर्छ । चिल्लो, पीरो कुराहरु खानु हुँदैन । सधैं सकारात्मक कुराहरुमा ध्यान दिनु पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment