४ मंसिर, काठमाडौं । मन्त्रिपरिषद हेरफेरको अन्तिम तयारीबारे छलफल गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको छ ।
यो बैठकबाट पुनर्गठित मन्त्रिपरिषदमा रहने सदस्यहरुको टुंगो लाग्ने अनुमान छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबारै मन्त्रिपरिषद हेरफेर गर्दैछन् । तर, शपथ ग्रहणको समय भने टुंगो लागेको छैन ।
शपथग्रहण समारोहको समयको विषयमा राखिएको जिज्ञासामा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने, ‘सचिवालय बैठकपछि हुने भन्ने छ, तर समय टुंगो लागिसकेको छैन ।’
सचिवालय बैठकअघि प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डबीच छुट्टै छलफल भएको छ । दुबै नेताले सचिवालय बैठकअघि राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन् ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4