Comments Add Comment

सुमी भन्छिन्–‘अब नायिकाले फिल्ममा ‘बचाउ बचाउ’ भनेर बस्ने दिन गए’

मंसिरको १३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘सरौतो’को केन्द्रिय भूमिकामा छिन्, नायिका सुमी मोक्तान । सुमीले चलचित्रका लागि २ बर्ष मार्सल आर्ट नै सिकेकी थिइन् । एक्सनमा समेत पोख्त नायिकालाई सामान्य कथाका चलचित्रमा काम गर्ने मुड छैन ।

उनी भन्छिन्–‘कलाकार भैसकेपछि एउटै भूमिकामा काम गर्छु भनेर सोच्नु हुँदैन । तर, मलाई फरक खालको कथामा काम गर्न भने मन छ । मलाई सधै बनिरहेका भूमिकामा काम गर्न मन लाग्दैन ।’

उनले, नायिकाको भूमिकाको बिषयमा अब मेकरले सोच्नुपर्ने बेला आएको सुनाइन् । भनिन्–‘अब नायिकालाई मुस्ताङमा लगेर कपडा उडाउने वा पर्दामा ‘बचाउ बचाउ’मा मात्र सिमित राख्न हुँदैन । नायिकाले अब आफै चलचित्र बोक्नुपर्छ । ’

। सुमी भन्छिन्–‘हाम्रो चलचित्र ‘सरौतो’ धेरैका लागि प्रेरणाको कथामा छ । नायिकाहरुले पनि अब नायकसँग सिमित भूमिकामा आफूलाई अल्झाइराख्न हुँदैन ।’

हरि हुमागाँइको निर्देशनमा बनेको यो चलचित्रमा सुमीलाई बोल्न नसक्ने यूवतीको भूमिकामा देखाइएको छ । तर, चलचित्र हेर्ने दर्शकले नेपालमा पनि यस्तो खालका चलचित्र बन्न सक्दोरहेछ भनेर प्रतिक्रिया दिने दाबी सुमीको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment