News Summary
Generated by OK AI. Editorially reviewed.- संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले न्युयोर्कमा प्रधानमन्त्री वालेन्द्र शाहसँगको भेटमा पदबाट निवृत्त भएपछि पनि नेपाललाई सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
- गुटेरेसले भोटेकोशी विपद्मा भएको जनधनको क्षतिप्रति समवेदना व्यक्त गर्दै जलवायु मुद्दामा संयुक्त राष्ट्रसंघ नेपालसँग ऐक्यबद्ध रहेको बताउनुभयो।
- भेटमा नदी किनारका बासिन्दाको पुनर्वास, हरित पुनर्निर्माण र एलडीसी सूचीबाट नेपालको स्तरोन्नतिको समयसीमा थपबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
८ असोज, काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आफू सधैं नेपालको सहयोगमा रहने बताएका छन ।
अमेरिकाको न्युयोर्कमा प्रधानमन्त्री वालेन्द्र शाहसँग भएको भेटवार्ताका क्रममा उनले आफू पदबाट निवृत्त भएपछि पनि नेपाललाई सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी हुन न्यूयोर्क पुगेका प्रधानमन्त्री शाहले केहीबेरअघि महासचिव गुटेरेससँग भेट गरेका थिए ।
प्रधानमन्त्री शाहले केहीबेरपछि संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दैछन् ।
राष्ट्रसंघ मुख्यालयमा स्थानीय समयअनुसार साँझ ६:३० बजे (नेपाली समयअनुसार शुक्रबार बिहान ४:१५ बजे) महासचिव गुटेरेससँग भेट गरेका थिए ।
महासचिव गुटेरेसले भोटेकोशी विपद्मा भएको जनधनको क्षतिप्रति गहिरो समवेदना व्यक्त गर्दै जलवायु मुद्दामा संयुक्त राष्ट्रसंघ नेपालसँग ऐक्यबद्ध रहेको बताए । उनले युवा नेपाली प्रतिनिधिमण्डलको प्रशंसा पनि गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
आफू सन् १९७८ मा पर्यटकका रूपमा नेपाल आएको स्मरण गर्दै महासचिव गुटेरेसले पदबाट निवृत्त भएपछि पनि नेपाललाई सहयोग गरिरहने प्रतिबद्धता व्यक्त पनि गरे ।
प्रधानमन्त्री शाहले नेपालप्रतिको सद्भावका लागि महासचिव गुटेरेसलाई धन्यवाद दिँदै उनको सफल कार्यकालका लागि बधाई दिए । भोटेकोशी विपद्बाट नेपालले ठूलो क्षति बेहोरेको उल्लेख गर्दै प्रधानमन्त्रीले हिमताल फुट्ने जोखिम अझै उच्च रहेको बताए ।
भेटमा नदी किनारका बासिन्दाको पुनर्वास र हरित पुनर्निर्माणका विषयमा छलफल भएको थियो । साथै, अतिकम विकसित राष्ट्र (एलडीसी) सूचीबाट नेपालको स्तरोन्नतिको समयसीमा थपका लागि समर्थनका विषयमा पनि कुराकानी भएको सचिवालयले बताएको छ ।
प्रतिक्रिया 4