+
+
Shares

सिड्नी पस्यो डढेलोको धुवाँ, नागरिक प्रभावित

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर ३ गते १३:००

अस्ट्रेलिया । गर्मी मौसमको सुरुआतसँगै अस्ट्रेलियाको न्यू साउथ वेल्स र कुइन्स ल्याण्ड राज्यमा लागेको भीषण डढेलोका कारण यहाँको सिड्नी वरपरका क्षेत्र प्रभावित भएको छ ।

राति चलेका हावाले डढेलोको धुवाँ शहरमा पुर्‍याएपछि वायु प्रदूषणको मात्रा उल्लेख्य बढेको छ । धुवाँका कारण प्रभावित भएको स्थानीय नागरिकले बताएका छन् ।

केही समयदेखि लागेको डढेलोका कारण केही नागरिकको मृत्युसमेत भइसकेको अष्ट्रेलियाका सञ्चार माध्यमले उल्लेख गरेका छ् ।

मंगलबार राति आएको धुवाँ शहरभन्दा १५० किलोमिटर टाढा रहेको वोलेमी राष्ट्रिय निकुञ्जको ठूलो क्षेत्रमा फैलिएको डढेलो भएको बताइएको छ ।

धुवाँ मिसिएको प्रदूषित हावा न्यू साउथ वेल्स राज्यको उत्तरतर्फ फैलिएको छ । सिड्नी न्यू साउथ वेल्स राज्यको राजधानीसमेत हो । यहाँ करिब ५० लाख जनसंख्या रहेको छ । नेपाली समुदायको पनि संख्या धेरै छ ।

सिड्नीका केही ठाउँको वायुको गुणस्तर तोकिएको न्यूनतमभन्दा धेरै गुणा मापन भएपछि नागरिकलाई सतर्क रहन भनिएको छ भने तापक्रम ३७ डिग्रीसम्म पुग्ने जानकारी गराइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?