Comments Add Comment

भीषण डढेलोको चपेटामा अस्ट्रेलिया, नेपालीले सुरु गरे राहत अभियान

सिड्नी । गर्मी मौसमको सुरुआतमै अस्ट्रेलियाको न्यू साउथ वेल्स र कुइन्स ल्याण्ड राज्य डढेलोको चपेटामा परेका छन् । दर्जनौ डढेलोहरुसँग न्यू साउथ वेल्स राज्यका संकटकालीन निकायहरु अहोरात्र लडिरहेका छन् ।

बस्तीहरु, बासिन्दा, घरपालुवा पशुपन्छी , सार्बजनिक तथा निजी सम्पत्तिहरु डढेलोबाट बचाउन यहाँका सबै सरकारी तथा गैरसरकारी निकायहरु चुस्त स्वयमसेवाका साथ् लागिपरेका छन्  ।

भू-उपग्रह तथा जमिनी सूचनाहरु तत्काल हासिल गर्दै जनतालाई बाँडिएको छ । आपतकालीन सुरक्षित स्थानहरुको तय गरिएको छ । सबैलाई खतरापूर्ण स्थानबाट सर्न ढिला नगर्न भनिएको छ । आपतकालीन सेवा चाहिएमा तत्काल माग गर्न अपील गरिएको छ ।

राज्यका सबै संकटकालीन निकायहरु सम्भावित डढेलो लाग्न सक्ने स्थानतर्फ तैनाथ राखिएको छ । निकै खराब परिस्थिको सामना गर्ने अवस्था आएमा जनताको सुरक्षाका लागि अस्ट्रेलियाको सैनिकलाई पनि तयारी अवस्थामा बस्न भनिएको छ । न्यू साउथ वेल्स राज्यले एक हप्ताका लागि संकटकाल घोषणा गरेको छ ।

यहाँको रेल तथा पारबहन सेवाले सुदूरको यातायात सेवाबारे नियमित सूचनाहरु सार्बजनिक गरिरहेका छन् । स्वाथ्य विभागले डढेलो तथा धुवाका बीचमा कसरी सास फेर्ने भन्नेबारे जानकारीहरु सार्बजनिक गरिरहेको छ ।

न्यू साउथ वेल्स ग्रामीण अग्नि नियन्त्रण सेवाले आफ्ना ७४ हजार स्वयमसेवकहरुलाई न्यू साउथ वेल्सको ९५ प्रतिशत भूभागमा स्वयमसेवाका लागि खटाएको छ । यो विश्वके सबैभन्दा ठूलो अग्नि नियन्त्रण सेवा हो ।

मंगलबार साँझसम्म मौसम अलि चिसो हुने तर डढेलोले दिशा परिवर्तन गर्न सक्ने बताइएको छ । चुरोट तानेर ठूटो जथाभावी फाल्नेलाई एक हजार तीनसय अस्ट्रेलियन डलर जरिवाना तोकिएको छ र जो सुकैले पनि आकस्मिक सेवालाई सूचना दिन भनिएको छ ।

न्यू साउथ वेल्समा ८५ स्थानमा डढेलो छ जसमध्ये ४६ वोटा नियन्त्रण बाहिर छ र १३ वोटामा आकस्मिक सेवा परिचालन गरिएको छ । अर्को राज्य कुइन्स ल्याण्डमा ६५ वोटा डढेलो देखिएको छ । दुवै राज्यमा सयौं विद्यालयहरु बन्द गरिएका छन् ।

ग्रेटर हन्टर, ग्रेटर सिड्नी र इलावारा/सोल्हवेंन क्षेत्रमा बिध्वम्सक नर्थ कोस्ट, साउथर्न रेंजेस, सेन्ट्रल रेंजेस, न्यू इंग्ल्याण्ड, नोदरन स्लोब र नर्थ वेस्टर्न इलाकामा अत्यधिक जोखिमपूर्ण, अत्यधिक खतरामा रहेको इलाका भनेर छुट्याइएको छ ।

नेपालीहरु जुटे सहयोगमा

अस्ट्रेलियामा डढेलोको जोखिम बढ्दै गएपछि यहाँका नेपालीहरु संकटकालीन सेवालाई सहयोग गर्न जुटेका छन् । मंगलबार बिहाना अस्ट्रेलियाका पहिलो नेपाली कानून् व्यवसायी डा शम्शेरसिंह थापाले आफ्नो फेसबुकमा यो संकटमा अस्ट्रेलियालाई सहयोग गर्न वास्तबिक नेपाली हृदयले जुटौ भन्दै आह्वान गरेका थिए । उनले आह्वान गरेको एक घण्टामा झन्डै एक सय नेपालीले सहमति जनाएका थिए ।

लगतै तीन वटा गो फन्ड खाता खुले । जसमा सयौ नेपालीले सहयोग गर्न सुरु गरेका छन् । अस्ट्रेलियन रेड क्रसमार्फत सहयोग गर्न सुदीप खनालले नेतृत्व गरेका छन् । जसमा तास्मानियाबाट त्यहाँकी सामाजिक नेता पुनम पन्तदेखि कुंस ल्याण्डकी बुनु गौतमसम्म लामबद्ध भएका छन् ।

गैरआवासीय नेपाली संघ अस्ट्रेलियाले आफ्ना दश हजार सदस्यलाई सामुहिक अपील जारी गरेको छ । जहाँ मंगलबार साझसम्म तीन हजार डलर रकम उठेको छ भने रेडक्रसका लागि झन्डै दुई हजार डलर रकम उठेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment