Comments Add Comment

अनमोलदेखि दीपकसम्म रोहितको सहकार्य, फिल्म निर्माणमा सफलता

चलचित्र ‘गाजलु’मा लगानी गरेर चलचित्र निर्माणमा होमिएका निर्माता हुन्, रोहित अधिकारी । उनले आफ्नो पहिलो चलचित्रमा नै नायक अनमोल केसी, नायिका श्रृष्टी श्रेष्ठ लगायतका कलाकारलाई अनुवन्धित गरेका थिए । यो चलचित्रले उनलाई व्यवसायिक रुपमा सफलता पनि दिलायो ।

पहिलो चलचित्रमै यूवा स्टार मानिने अनमोल केसीलाई अनुवन्धित गरेर चलचित्र बनाएका रोहितले दोश्रो चलचित्रमा दिपकराज गिरी र उनको टिमसँग सहकार्य गरे । दिपकराज गिरी, दीपाश्री निरौलाले एकपछि अर्को हिट चलचित्र दिइरहेका थिए । आफ्नै ब्यानरमा ब्लकबस्टर चलचित्र दिइरहेका दिपक–दीपाको टिमलाई रोहितले आफ्नो ब्यानरसँग जोड्न सफल भए ।

दोश्रो चलचित्र ‘छ माया छपक्कै’ ब्लकबस्टर भएपछि निर्माणमा रोहित स्थापित भएका छन् । ‘छ माया छपक्कै’ यो बर्षको हालसम्मकै सर्वाधिक ग्रस कलेक्शन गर्ने चलचित्र बनेको छ ।

दुई चलचित्र निर्माण गरेरै निर्माताको रुपमा स्थापित बनेका रोहित अब दर्शकका लागि स्तरिय चलचित्र दिने बताउँछन् । उनी भन्छन्–‘मेरो ब्यानरमा बनेका २ चलचित्र लगातार दर्शकले मन पराइदिनुभयो । यसले मलाई झनै चुनौती बढेको महशुश भएको छ । अब, झनै स्तरिय चलचित्र दर्शकलाई दिनेछु ।’

रोहित निर्देशक दिनेश राउतसँग सहकार्य गर्दै तेश्रो चलचित्र निर्माण गर्ने तयारीमा लागेका छन् । यो चलचित्रका लागि उनले नायक अनमोल केसीलाई अफर गरेका छन् । रोहित भन्छन्–‘म चलचित्र निर्माण गर्दा सवैभन्दा पहिले त कथा नै हेर्छु । तर, कथाको माग अनुसार हरेक कुरामा संझौता गर्दिनँ ।’

नेपाली चलचित्र क्षेत्रमा यूवा निर्माताको आगमन भैरहेको छ । तर, सबै निर्माता सफल भने छैनन् । रोहित दर्शक र चलचित्रकर्मीले आफूमाथि गरेको विश्वास आफ्ना लागि महत्वपूर्ण भएको बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment