Comments Add Comment

मन्त्रीहरूलाई प्रधानमन्त्रीको आग्रह : बुधबार मन्त्रिपरिषद् पुनर्गठन गर्दैछु, कार्यक्रममा नजानुस्

फाइल तस्वीर ।

३ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारीमा रहेको मन्त्रीहरुलाई जानकारी गराएका छन् ।

मंगलबार मन्त्रिपरिषद्को बैठक राखेर उनले बुधबार मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी भइरहेको बताएका हुन् । ‘बुधबार मन्त्रिपरिषद् पुनर्गठन गर्छु होला । कोही दोहोरिनु होला, कोही बाहिरिनु होला’, बैठकमा प्रधानमन्त्रीले भने, ‘कसैले पनि अन्यथा नलिनुहोला ।’

नयाँलाई अवसर दिनुपर्ने र मन्त्रिपरिषद् पुनर्गठन गर्न बाहिरबाट पनि दबाव रहेको उनले बताए ।

प्रधानमन्त्री ओलीले बुधबार सार्वजनिक कार्यक्रममा नजानसमेत आग्रह गरेको एक मन्त्रीले जानकारी दिए ।

सोमबार नै मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी थियो । तर प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलमा सहमति नजुट्दा पुनगर्ठन रोकिएको थियो ।

दुई नेताबीच फेरि वार्ता हुँदैछ र बुधबार बिहान नेकपा सचिवालय बैठकसमेत बोलाइएको छ । स्रोतकाअनुसार दुई अध्यक्षबीच सहमति जुटेमा दिउँसो २ बजे अगाडि मन्त्रिपरिषद् पुनर्गठन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment