Comments Add Comment

यशराज र ऋचाको ‘यो हावा किन चल्छ’

प्रेमकथामा बनेको चलचित्र ‘लभ यू हमेशा’मा समावेश ‘यो हावा किन चल्छ’ बोलको गीत सार्वजनिक भएको छ । मंसिर १३ गतेबाट रिलिज हुन लागेको यो चलचित्रको गीतको भिडियोमा नायक यशराज र कलाकार ऋचा थापालाई फिचरिङ गरिएको छ ।

भाष्कर प्रधानको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रलाई यवन गुरुङले निर्माण गरेका हुन् । गीतमा सुधिर राई र मेलिना राइको स्वर, भासुको शब्द तथा संगीत छ । फिलिपिन्सको समुन्द्रमा यो भिडियो खिचिएको छ । रामजी लामिछानेले भिडियोको कोरियोग्राफी गरेका हुन् ।

यो चलचित्रको प्रदर्शन कात्तिक १५ गतेबाट दार्जिलिङ, सिलगुढी लगायतका स्थानमा भैरहेको छ । शिब ढकालको छायांकन रहेको चलचित्रमा गोपाल ढकाल, शिशिर राणा, करुणा श्रेष्ठ, निराजन मेहता, पिटी योल्मा, सल्देन तामाङ लगायतका कलाकारको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment