Comments Add Comment

धरानमा डेंगुको चोट उपनिर्वाचनले भुलायो

४ मंसिर, विराटनगर । धरान उपमहानगरपालिका– १६ की मनिषा बुढाथोकी डेंगुका कारण १५ दिन थलिइन् । पाँच दिन त अस्पताल भर्ना भएरै बसिन् । धरानमा डेंगुको प्रकोप फैलदा उनको परिवारका पाँचजना सदस्य बिरामी परे । तर करिब दुई महिनाअघिको पीडा भुलेर उनी चुनावी अभियानमा होमिएकी छन् ।

मंसिर १४ को उपनिर्वाचन मिति नजिकिएसँगै उनी नेकपा उम्मेद्वार प्रकाश राईका लागि भोट माग्न हिँडेकी हुन् । ‘हिजो डेंगुको चोट चुनाबले बिर्साउँदैछ’ उनी भन्छिन् ‘अहिले भोट माग्दैछौं ।’

धरान १६ कै विष्णु खड्का पनि डेंगुको महामारी बिसाउन चुनावले भूमिका खेलेको बताउँछिन् । गत जेठ अन्तिम साता पहिलो पटक देखिएको डेंगुले धरानमा प्रकोपको रुप लिएको थियो । डेंगुका कारण धरान मात्र पाँच हजार भन्दा बढी बिरामी परे । धरान उपमहानगरपालिकाका अनुसार अझै पनि छिटफुट रुपमा डेंगुका बिरामी भेटिन्छन् ।

डेगुंको गर्दा थलिएको धरान उपनिर्वाचनका कारण चाडै पुरानै अवस्थामा फर्किएको स्थानीय बताउँछन् । प्रकोप फैलिएको बेला टोलमा डेंगुका विरामीहरु धेरै भए पनि चुनाव आएका कारण मानिसले विस्तारै डेंगुको चोट विर्सन थालेको स्थानीय जानुका मगर बताउँछिन् ।

धरान १७ फोक्लयाण्डकी शिवमाया खड्का नेपाली कांग्रेस उम्मेद्वार तिलक राईका लागि भोट माग्न व्यस्त छिन् । चुनावी अभियानका क्रममा भेटिएकी उनी धरान चुनावमा होमिएको बताउँछिन् ।

धरान १६ का खेम रणपहेली डेंगुले गर्दा थलिएको धरान चुनाव आएपछि चुनावी अभियानमा केन्द्रित भएको बताउँछन् ।

गत वैशाख २९ गते पहिलो पटक देखिएको डेंगुले धरानमा प्रकोपको रुप लिएको थियो । प्रकोपका कारण धरानमा मात्र पाँच हजार विरामी भए । डेंगुका करण अस्तव्यस्त बनेको धरान दशैं अघिबाट सामान्य अवस्थामा फर्किएको धरान उपमहानगरपालिका उपप्रमुख मञ्जु भण्डारी बताउँछिन् । गर्मीमा फैलिएको डेंगु जाडो सुरु रोकिएको उनले बताइन् ।

छिटफुट रुपमा अझै देखिन्छ

धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबाबु यादवका अनुसार धरानमा अझै छिटपुट रुपमा डेंगुका विरामीहरु देखिन्छन् । उनका अनुसार कात्तिक २५ गतेसम्म ५ हजार तीनसयमा डेंगुको संक्रमण भएको तथ्याङ्क छ । सचेतना अभियान र सरसफाइ तीब्र भएका कारण डेंगुको संक्रमण कम मात्रामा देखिएको उनले बताए ।

धरानमा देखिएको डेंगु मोरङ तथा झापामा फैलिएपछि प्रदेश १ सरकारले सचेतना अभियान र औषधि छर्नका लागि ५० लाख रुपैयाँ बजेट खर्च गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment