Comments Add Comment

म असफल मन्त्री होइन, धेरै रेकर्ड बनाएको छु : रघुवीर महासेठ

५ मंसिर, काठमाडौं । निवर्तमान भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले आफू असफल मन्त्री नभएको बताएका छन् । आफू सफल मन्त्री भएको र २० महिनाको अवधिमा धेरै वटा रेकर्ड बनाएर विदा भएको बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रिपरिषद् पुनर्गठन गर्दा महासेठ सहित ६ मन्त्री र तीन राज्यमन्त्रीलाई हटाएका थिए । नयाँ भौतिक पूर्वाधार तथा यातायातमन्त्रीमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वसन्त नेम्वाङ नियुक्त भएका छन् ।

बिहीबार निवर्तमान मन्त्री महासेठले नवनियुक्तमन्त्री नेम्वाङलाई मन्त्रालयमा स्वागत गरे ।

त्यसपछि कर्मचारी तथा सञ्चारकर्मीलाई सम्बोधन गर्दै महासेठले आफू सफल मन्त्री भएको बताए । उनले भने, ‘मैले धेरै रेकर्ड राखेको छु । विगतमा वर्षमा ६०० किलोमिटर सडक कालोपत्रे हुँदैनथ्यो, गत वर्ष ९४५ मिटर भन्दा बढी भयो । ८०/९० वटाभन्दा बढी पुलहरु बन्दैनथ्यो, मैले २४३ वटा बनाएँ ।’

उनले आफूले जस्तै रेकर्डहरु राख्न नवनियुक्त मन्त्री नेम्वाङलाई सुझावसमेत दिएका छन् ।

मन्त्रीबाट हटेपछि आफू नेकपाकै नेता भएकाले आवश्यक परे मन्त्रीलाई सहयोग गर्ने बचन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment