Comments Add Comment

प्रधानमन्त्रीको मायाले यहाँ आएँ, भगवान सम्झेर घुस खान्नँ : राज्यमन्त्री दुगड

५ मंसिर, काठमाडौं । उद्योग राज्यमन्त्री मोती दुगडले प्रधानमन्त्री केपी शर्मा ओलीको माया र सद्भावले आफू राज्यमन्त्री बन्ने अवसर पाएको बताएका छन् ।

बिहीबार पदभार ग्रहण गर्दै उनले भने ‘प्रधानमन्त्रीको माया र सद्भाव र पार्टीको विश्वासले यहाँ आएँ । लेखराज मन्त्रीज्यूसंग ट्युनिङ मिल्छ भन्ने विश्वास छ ।’ राज्यमन्त्री दुगडले आफू राजनीतिभन्दा अलग ठाउँबाट आए पनि केही गरेर देखाउने बताए ।

उद्योगीसमेत रहेका दुगडले आफू राज्यमन्त्री  नियुक्त भएलगत्तै व्यवसायी उत्साहित भएको पनि बताए ।

उनले भगवान साक्षी राखेर घुस नखाने पनि प्रण गरे । उद्योगीको मनोबल खस्किएकाले सुधार गर्ने बेला आएको राज्यमन्त्री दुगडले बताए । ‘मलाई सबै कुरा पुगेको छ यहाँ आएर केही पाउनु छैन । कर्मचारीले साथ दिनुस् । उद्योगीलाई रेड कार्पेट ओच्छ्याउने वातावरण बनाउँछौं’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment