Comments Add Comment

वोमी र नागरिकलाई मर्जरमा जान राष्ट्र बैंकले दियो अन्तिम स्वीकृति

८ मंसिर, काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्था र नागरिक लघुवित्त वित्तीय संस्थालाई एक आपसमा गाभिन नेपाल राष्ट्र बेंकले अन्तिम स्वीकृति प्रदान गरेको छ । अधिकांश प्रक्रियाहरु सकिएको जानकारी पाए पछि यि दुई संस्थाहरुलाई गाभिन राष्ट्र बैंकले शुक्रबार अन्तिम स्वीकृति प्रदान गरेको हो ।

२०७५ फागुन अन्तिम साता वोमी र नागरिकले मर्जरमा जान सहमति गरेका थिए । २०६८ साल देखि सञ्चालनमा आएको वोमी माइक्रोफाइनान्सको हाल राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्था हो । धादिङको नौविसेबाट केहि महिना अघिमात्रै प्रधान कार्यालय चितवनको भरतपुरमा स्थानान्तरण गरेको यस संस्थाले ३२ जिल्लामा आफ्नो शाखा सञ्जाल विस्तार गरिसकेको छ ।

उता मर्जरमा आउन लागेको नागरिक भने नयाँ लघुवित्त हो । यस संस्थाले हालसम्म सर्वसाधारणका लागि सेयर जारी गरिसकेको छैन । काभ्रेपलाञ्चोकको वनेपा केन्द्रीय कार्यालय रहेको नागरिकले आफ्नो शाखा सञ्जालहरु विस्तार गर्ने क्रममा रहेको थियो ।

मर्जर पछि संस्थाको नाम वोमी लघुवित्त वित्तीय संस्था रहेने भएको छ भने संस्थाकाे प्रधान कार्यालय काभ्रेकाे बनेपामा राखिने भएकाे छ । सहमति अनुसार संस्थाको अध्यक्षमा विन्दिया प्रधान र सीईओमा वोमीका वर्तमान सीईओ प्रमेश आचार्य नै हुनेछन् ।

चौथो पटक उत्कृष्ट करदाताको रुपमा सम्मानित

संस्थाला चौथो पटक उत्कृष्ट करदाताको रुपमा सम्मानित समेत भएको छ । आन्तरिक राजश्व विभागको आयोजनामा विभागको सभाहल लाजिम्पाट, काठमाण्डौंमा आयोजित आठौं राष्ट्रिय कर दिवस समारोहमा यस संस्थालाई सबैभन्दा बढी कर दाखिला गरेकोमा उत्कृष्ट करदाताको रुपमा सम्मान प्रदान गरिएको हो । संस्थाकी अध्यक्ष प्रधानलाई आन्तरिक राजस्व विभागका महानिर्देशक बिनोद बहादुर कुँवरले सम्मान पत्र हस्तान्तरण गरे ।

उक्त सम्मान पत्र आर्थिक वर्ष २०७४/७५ को लागि कदर स्वरुप प्रदान गरिएको व्यहोरा सम्मान पत्रमा उल्लिखित गरिएको छ । यस संस्थाले गत आर्थिक वर्षहरुमा समेत धादिङ्ग जिल्लाबाट सबैभन्दा बढी कर दाखिला गरेका कारण तिन पटक सम्मानित भइसकेको छ । यस पटक समेत गरी चौथो पटक धादिङ्ग जिल्लाबाट उत्कृष्ट करदाताको रुपमा यस वित्तीय संस्थालाई नेपाल सरकार, आन्तरिक राजश्व विभागबाट सम्मान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment