Comments Add Comment

१ लाख ५९ हजार साउदी रियालसहित एक जना भारतीय नागरिक पक्राउ

९ मंसिर, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ लाख ५९ हजार साउदी रियालसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।

फ्लाई दुबईको उडानद्बाट दुबई जान लागेका राहदानी नम्बर पि ९२२६३३३ वाहक भारतीय नागरिक ४७ वर्षीय अस्फाक मिराज पक्राउ परेका हुन् ।

अवैध रुपमा लुकाई छिपाई बाह्य मुलुक लैजान लागेको अवस्थमा उनलाई आइतबार साँझ  १ लाख ५९ हजार साउदी रियालसहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा झोलाभित्र फल्स बटम बानाई राखेको ५ सय दरका ३ सय १८ थान साउदी रियाल बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ भारतीय नागरिकलाई अनुसन्धान पश्चात आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment