Comments Add Comment

परराष्ट्रमन्त्री मस्कोमा, पुटिनलाई नेपाल भ्रमणको निम्तो

९ मंसिर, काठमाडौं । विश्वका शक्तिशाली व्यक्तिभित्र पर्ने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई नेपाल भ्रमणको लागि औपचारिक निम्ता दिइएको छ । रुसको भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले रुसी समकक्षी सेर्गेइ लाभ्रोभमार्फत राष्ट्रपति विद्या भण्डारीले पुटिनलाई पठाएको निम्तोपत्र हस्तान्तरण गरेका हुन् ।

सोमबार मस्कोमा भएको भेटमा परराष्ट्रमन्त्री ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट रुसी प्रधानमन्त्री दिमित्री मेदभेदेवलाई निम्तो हस्तान्तरण गरेका छन् । राष्ट्रपति र प्रधानमन्त्रीको तर्फबाट समकक्षीहरुलाई पठाइएको नेपाल भ्रमणको निम्ता आफूले समकक्षीमार्फत हस्तान्तरण गरेको मस्कोबाट मन्त्री ज्ञवालीले अनलाइखबरलाई बताए ।

दुई देशका परराष्ट्रमन्त्रीस्तरको द्धिपक्षीय वार्तामा नेपाल रुस सम्बन्ध विस्तार तथा आपसी हित वृद्धि गर्ने सन्दर्भमा राम्रो छलफल भएको ज्ञवालीले बताएका छन् । वार्तामा दुई देशबीच सहयोगका थप क्षेत्रबारे पनि छलफल भएको थियो ।

नेपाल र रुसबीच उच्चस्तरको वार्ता टुटेको लामो समय भइसकेको थियो । द्धिपक्षीय वार्तापछि दुवै परराष्ट्रमन्त्रीले पत्रकार सम्मेलन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment