Comments Add Comment

पाकिस्तानले सागमा महिला भलिबल पनि नखेल्ने

९ मंसिर, काठमाडौं । १३ औं दक्षिण एशियाली खेलकुद अन्तर्गत महिला भलिबलमा पाकिस्तानले भाग नलिने भएको छ । अन्तिम समयमा आएर पाकिस्तानले नखेल्ने जानकारी दिएको नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले बताए ।

सागको उद्घाटन मंसिर १५ गते भए पनि भलिबलका खेलहरु मंसिर ११ देखि सुरु हुँदैछन् ।

यसअघि महिला भलिबलमा भुटानबाहेक ६ टिमले प्रतिस्पर्धा गर्ने तय भएको थियो । अब ५ टिमले मात्र प्रतिस्पर्धा गर्ने भएको छ । पाकिस्तान भारत र श्रीलंका समूह बी मा थियो । अब यस समूहमा भारत र श्रीलंका मात्र भएको छ ।

महासचिव चन्दले पाकिस्तान नआए पनि फेरि नयाँ खेलतालिका सार्वजनिक नगर्ने बताए । उनले टेक्निकल ह्याण्डबुकमा जे उल्लेख छ त्यही हुने र सहभागी टिम नआए त्यो खेलमा विपक्षीले वाकओभर पाउने बताए ।

महिला भलिबलमा समूह ए मा नेपाल, भारत र बंगलादेश छन् । पुरुषतर्फ पनि नेपाल,  भारत र बंगलादेश नै एउटा समूहमा छ । पुरुषतर्फ पनि भुटान सहभागी छैन ।

पाकिस्तानले पुरुष र महिला क्रिकेट र पुरुष फुटबलमा पनि सहभागिता नजनाउने यसअघि नै जानकारी गराइसकेको छ । भलिबल खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा सञ्चालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment