Comments Add Comment

अनुपको विश्वास–‘हिमालय रोडिज मेरै ग्याङ्गले जित्छ’

‘हिमालय रोडिज’को तेस्रो सिजन प्रशारणको तयारीमा छ । यो सिजन गत दुई सिजन भन्दा बिल्कुलै फरक रहेको टेलिभिजनले बताउँदै आएको छ । गत दुई सिजनमा ग्याङ्ग लिडर थिएनन् । यस वर्षबाट भने ४ जना ग्याङ्ग लिडर तय भएका छन् । अब भने ग्याङ्ग–ग्याङ्ग बीचमा भिडन्त हुनेछ ।

यो सिजनमा ग्याङ्ग लिडर बन्नको लागि आशिष राना ‘लाउरे’, दिया मास्के, पहिलो सिजनका विजेता समन श्रेष्ठ र नायक अनुपविक्रम शाही चुनिएका छन् । कार्यक्रमको होस्ट रेमनदाश श्रेष्ठले गर्नेछन् ।

यस अघिमा सिजनमा निर्णायकको रुपमा रेमन, आशिष र दिया थिए । यसै सिजनबाट अनुपविक्रम रोडिजको परिवार बनेका छन् । फ्रेन्चाइज रियालिटी शोको परिवार बन्न पाएकोमा आफू निकै खुसी भएको अनुप बताउँछन् । उनले भने–‘रोडिज आफैमा एउटा उत्कृष्ट रियालिटी शो हो । साहसिक शोका रुपमा हेरिने यो शोको बिषयमा धेरै बोलिरहन जरूरत नै छैन । मलाई यसको ग्याङ्ग लिडर बन्न लायक देख्नु भएकोमा रोडिज परिवारलाई धन्यवाद दिन चाहन्छु ।’

रोडिज अनुपलाई मन पर्ने रियालिटी शो हो । उनले भने–‘मैले रोडिज हेरिरहेकै हुन्थेँ । अहिले, आफू नै यसको सदस्य बन्दा निकै मिहिनेत पनि गरेको छु । सकेसम्म दर्शकको आशालाई पूरा गर्ने प्रयास गरेका छौं ।’ अरु ग्याङ्ग लिडर अनुभवी भएकाले पनि आफूलाई चुनौती भएको अनुप बताउँछन् ।

‘टिम रेड’का ग्याङ्ग लिडर रहेका अनुपको अडिसन अनुभव पनि राम्रो रह्यो । अडिसनबाट आफ्नो टिममा परेका प्रतियोगीहरुबाट अनुप खुसी छन् । हिमालय रोडिजको तेस्रो सिजन आफ्नै टिमले जित्ने अनुपको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment