+
+
Shares

अमेरिकामा बस्ने नेपालीले मनाए ‘धन्यवाद दिवस’

विजय थापा विजय थापा
२०७६ मंसिर १३ गते ९:२६

डिसी । अमेरिकाका विभिन्न राज्यहरुमा बसोबास गर्ने नेपालीहरुले ‘थ्यांकसगिभिङ् डे’ अर्थात् ‘धन्यवाद दिवस’ मनोरञ्जन तथा हर्षोल्लासका साथ मनाएका छन् । अमेरिकामा विभिन्न राज्यहरुमा समयको फरक हुने हुनाले ‘धन्यवाद दिवस’ मनाउने क्रम अझ जारी छ ।

अमेरिकामा ईसाई पर्व (क्रिसमस)पछिको सबैभन्दा दोश्रो ठूलो पर्वका रुपमा मनाइने ‘धन्यवाद दिवस’मा नेपाली समुदायले पनि आफ्ना परिवार, आफन्त, इष्टमित्र तथा साथीभाइलाई आफैंले विभिन्न परिकारका खानेकुराहरु बनाएर या खरिद गरिएका चिजहरुद्वारा अतिथि सत्कार गर्दै धन्यवाद दिवस मनाएका छन् ।

‘थ्यांकसगिभिङ् डे’ अर्थात् ‘धन्यवाद दिवस’ पर्वमा मुख्यरुपमा अमेरिकामा पाइने कालिज जस्तो ठूलो चरा टर्की अर्थात् पाताल मयूरको मासु खाइन्छ । साथमा अन्य परिकारका चिजहरु समेत मिसाई खाने गरिन्छ ।

उक्त पर्वमा परम्पराअनुसार राष्ट्रपति भवन ह्वाइट हाउसमा राष्ट्रपतिको अगाडि जिउदो टर्की प्रदर्शन गरिन्छ । उक्त ‘पार्डोनिङ्ग’ अर्थात् क्षमायाचना समारोहमा राष्ट्रपतिले टर्कीलाई जीवनदान अर्थात् क्षमायाचना दिने गर्छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत नोभेम्बर २६ का दिन अगाडि राखिएको थियो ।

सन् १८६५ देखि यो प्रचलन राष्ट्रपतिको भवनमा लगिन थालिएको हो । राष्ट्रपतिले केही भनेपछि सबैको लागि टर्की खान खुला गरिएको मानिन्छ ।

यो ‘थ्यांकसगिभिङ् डे’ अर्थात् धन्यवाद दिवसमा सार्बजनिक बिदा हुने हुनाले नेपाली समुदायका अधिकांश विशेष गरी दोश्रो पुस्ताका किशोर किशोरी, बालबालिकालगायतले पनि यसलाई मनाउन थालेका छन् ।

यस पर्वमा अमेरिकाका धेरै राज्य तथा शहरहरुमा झाँकी प्रदर्शन पनि हुन्छ । ‘थ्याङ्कसगिभिङ् डे’ इसाईहरुको एउटा प्रमुख चाड हो भने अमेरिकामा यो पर्व बढो धुमधाम र उत्साहकासाथ मनाइन्छ ।

यो पर्व संयुक्त राज्य अमेरिका, क्यानडा, क्यारिबियन केही द्वीपहरू र लाइबेरियामा विभिन्न मितिहरूमा एक राष्ट्रिय छुट्टीको रुपमा मनाइन्छ । त्यसैगरी जर्मनी र जापानमा पनि अर्कै नाममा यो चाडपर्व मनाइन्छ ।

अमेरिकामा यो नोभेम्बर महिनाको चौथो बिहीबार र क्यानडामा दोस्रो सोमबार पर्छ । अमेरिकामा धन्यवाद दिवसको भोलिपल्ट शुक्रबार पर्छ र उक्त शुक्रबारलाई कालो शुक्रबार (ब्ल्याक फ्राइडे) भनिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?