+
+
Shares

केशरमहल प्रबलीकरणको काम २ वर्षमा सक्न ठेक्का सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १३ गते १५:२३

१३ मंसिर, काठमाडौं । २०७२ बैशाखको भूकम्पबाट क्षतिग्रस्त कान्तिपथस्थित केशरमहलको प्रबलीकरणका लागि ठेक्का सम्झौता भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) र जेडसीजीआई–खानी जेभीबीच ठेक्का सम्झौता भएको हो ।

सम्झौतामा इकाईका तर्फबाट आयोजना निर्देशक नवराज प्याकुरेल र जेभीका तर्फबाट रत्न गौतमले हस्ताक्षर गरे । जेभीले भ्याटसहित ६७ करोड २४ लाख ६० हजार ८२७ रुपैयाँमा प्रबलीकरणको ठेक्का पाएको हो । प्रबलीकरणको अवधि दुई वर्षको छ ।

आयोजना निर्देशक प्याकुरेलले मौलिक स्वरुप कायम राखी भूकम्पप्रतिरोधी हुने गरी प्रबलीकरण गरिने बताए । निर्माण कम्पनीका रत्न गौतमले तोकिएको समयमै प्रबलीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले एक हप्ताभित्र निर्माण कार्य सुरु गरिने जानकारी पनि दिए । यो आयोजनाको परामर्शदातामा जोन स्याण्डी एसोसिएट्स प्रालि, एसडब्लु नेपाल प्रालि र पिरामिड डिजाइन एसोसिएट्स प्रालिको जेभी छनौट भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?