
१४ मंसिर, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद सागको भोलि भब्य समारोहका बीच उद्घाटन हुने भएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले सागको उद्घाटन गर्ने कार्यक्रम छ । उद्घाटन समारोह ३ घन्टा १४ मिनेटको हुनेछ ।
उद्घाटन समारोहमा सहभागी हुनेहरु ४ बजे रगंशालामा प्रवेश गरिसक्नुपर्ने राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ । सागमा २८ खेल समावेश छन्, जसमध्ये एक जनकपुर र ८ पोखरामा हुनेछ भने बाँकी काठमाडौंमा ।
उद्घाटन समारोहको रिहर्सल शुक्रबार नै भइसकको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4