Comments Add Comment

१३औं सागमा नेपालको पहिलो पदक पक्का, महिला भलिबल फाइनलमा

१४ मंसिर, काठमाडौं । नेपाल पहिलो पटक दक्षिण एसियाली खेलकुद (साग)मा महिला भलिबलको फाइनलमा प्रवेश गरेको छ । अब स्वर्णका लागि भने भारतसँग खेल्ने छ ।

यद्यपि १३ औं सागमा नेपालको पहिलो पदक पक्का भएको छ ।

शनिबार भएको दोस्रो सेमिफाइनलमा नेपालले श्रीलंकालाई ३-० ले हराएको हो । त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको खेलको पहिलो सेट नेपालले २५-१४ ले जित्यो ।

दोस्रो सेटमा २५-१७ ले जितेको नेपालले तेस्रो सेटको सुरुवातमा पछाडि परेको थियो । तर उत्कृष्ट पुनरागमन गरेको नेपालले २५-२१ मा तेस्रो सेट जित्यो ।

नेपालको जितमा प्रतिभा माली र सरस्वती चौधरीले उत्कृष्ट प्रदर्शन गरिन् । प्रतिभाले सर्वाधिक २० र सरस्वतीले १७ अंक जोडिन् ।

अब नेपालले भारतसँग खेल्नेछ र, यो समूह चरणमा व्यहोरेको हारको बदला लिने मौका समेत हो । समूह चरणमा नेपाल भारतसँग ३-० को सेटमा पराजित भएको थियो ।

सागको महिला भलिबलमा नेपालले १९९९, २००६ र २०१६ मा गरी तीन पटक काश्य पदक जितेको थियो ।

एकदमै खुसी छौंः शाही

जितपछि नेपाली टोलीकी कप्तान अरुणा शाहीले चार महिना गरेको मेहनतको फल भएको बताइन् । श्रीलंकाले राम्रो खेलेका तर त्यो भन्दा आफूरुहरुले राम्रो खेल्दा जित सम्भव भएको भन्दै उनले भनिन्, ‘यो जितमा एकदमै खुसी छौं ।’

अब भारतविरुद्ध दबावरहीत भएर खेल्ने शाहीले बताइन् । ‘रजत पक्का भइसकेको छ । अब स्वर्णका लागि खेल्छौं’ उनले भनिन्, ‘फाइनलमा हामीले राम्रो खेल्यौं भने भारत पनि दबावमा आउँछ भन्ने आशा बढेको छ ।’

प्रशिक्षक जगदिश भट्टले सागकै लागि भनेर गरेको तयारीले नजिता दिलाएको बताए । उनले अघि भने, ‘अब फाइनलमा दर्शकको साथ लिएर स्वर्णका लागि खेल्छौं ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment