+
+
Shares

धरान उपमहानगरपालिकामा कांग्रेसको अग्रता

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १५ गते १४:१८

५ मंसिर, काठमाडौं । धरान उपमहानगरपालिकाको उपनिर्वाचनको मतगणनामा नेपाली कांगेसका उम्मेदवारले अग्रता लिएका छन् ।

आइतबार दिउँसो सार्वजनिक मत परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार तिलक राईले ६ हजार ८ सय ५८ र नेकपाका उम्मेदवार प्रकाश राईले ६ हजार ४ सय ३४ मत पाएका छन् ।

अहिलेसम्म धरान उपमहानगरपालिकाको वडा नं १६, १७, १८, १९ र २० को मतगणना सकिएको छ ।

यसअघि धरान उपमहानगरपालिकामा तत्कालिन नेकपा एमालेका तारा सुब्बाले विजयी भएका थिए । उनको मृत्यु भएपछि उपनिर्वाचन हुन लागेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?