Comments Add Comment

कट्रिना भन्छिन्–‘नायक–नायिकाको पारिश्रमिक अन्तरले मलाई रिस उठ्दैन’

बलिउडमा नायक र नायिकाविचको पारिश्रमिकको अन्तर छ । नायकले लिने पारिश्रमिकको तुलानामा नायिकालाई निकै नै कम पारिश्रमिक दिइन्छ । यो बिषयमा लामो समयदेखि बहस हुँदै आएपनि यो अन्तर कम भएको छैन ।

बलिउडका नायिकाहरुले समय–समयमा यो बिषयमा आवाज उठाउँदै पनि आएका छन् । यो बिषयमा नायिका कट्रिना कैफले पनि आफ्नो मुख खोलेकी छिन् । कट्रिना भन्छिन्–‘नायक–नायिकाविच हुने पारिश्रमिक अन्तरले मलाई कहिले पनि रिस उठ्दैन । बरु, यो क्षेत्रमा अझै राम्रो गर्ने हौसला प्रदान हुन्छ ।’

कैफ अगाडि भन्छिन्–‘यो कुरामा रिसाउनुको कुनै अर्थ छैन । बरु, त्यो स्थान छुने लक्ष्य लिन आवश्यक छ । म नायकविनाको एक्सन चलचित्र गर्न चाहन्छु । जसको बजेट ठूलो होस् र म त्यो चलचित्रलाई आफ्नै तागतमा हिट बनाउन सकुँ ।’

कैफले भनिन्–‘बलिउडमा नायिका केन्द्रित चलचित्र पनि बनेका छन् । तर, ती चलचित्रले बक्स अफिसमा राम्रो कलेक्शन गर्न सकेनन् । जसकाकारण, नायकहरु नै चलचित्रमा हाबी छन् । हामीले, महिला केन्द्रित चलचित्रमा ध्यान दिन जरुरी छ र त्यस्ता चलचित्रमा लगानी गर्न आवश्यक पनि छ ।’

कट्रिनाले नायिकाहरुले पनि निर्माताको लगानी सुरक्षित गर्न सक्ने जोखिम मोलेर त्यस्ता चलचित्रमा लगानी गर्न आकर्षित गर्नुपर्ने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment