+
+
Shares

आयशाले जितिन् दोस्रो स्वर्ण

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १६ गते १६:३५

१६ मंसिर, काठमाडौं । तेक्वान्दो खेलाडी आयशा शाक्य १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा दोस्रो स्वर्ण जितेकी छिन् ।

उनले पुम्सको एकल र टिममा स्वर्ण जितेकी हुन् ।

आयशाले ३० वर्षमाथि प्रतिस्पर्धा गरेकी उनले ७.०४० अंकका साथ स्वर्ण पदक जितेकी थिइन् । त्यसपछि टिममा संजीवकुमार ओझासँग मिलेर स्वर्ण जितेकी हुन् । दुबैको स्कोर ८.१६० रह्यो । ७.८६० अंकका साथ पाकिस्तानले रजत जित्यो भने बंगलादेशले ७.८५० अंकका साथ कास्य पदक जितेकी थिइन् ।

२००६ को १५ औं एसियाली खेदकुदमा कास्य जितेकी आयशाले ११ औं सागमा स्वर्ण जितेकी थिइन् । तर १२ औं सागको फाइनलमा भारतीय खेलाडीसँग हार्न पुगिन् । तर यो पटक उनले तेक्वान्दोको फाइटसँगै पुम्सेमा भाग लिइन् ।

दुई सन्तानकी आमा आयशाले पुम्सेमा स्वर्ण जितेकी छन् । उनी अपेक्षाअनुसार खेल नभएको भन्दै रोएकी थिइन् । तर भारत, श्रीलंका, पाकिस्तान र बंगलादेशका खेलाडीले उनलाई भेट्टाउन सकिनन् र स्वर्ण जितेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?