Comments Add Comment

कुर्कुच्चा फुटेको छ भने के गर्ने ?

यदि तपाईको खुट्टाको कुर्कुच्चा फुटेको छ भने त्यसले तपाईंको चिन्ता बढाउँछ  । यो समस्याबाट मुक्ति पाउनका लागि महिलाहरु विभिन्न उपायहरु अपनाउने गर्छन् । विभिन्न क्रिम र लोसन लगाउने गर्छन् । तर, त्यस्ता क्रिमले कुनै असर गर्दैन ।

कुर्कुच्चा सफा गर्नुपर्छ

नुहाउँदा आफ्नो कुर्कुच्चालाई स्क्राबले सफा गर्नुपर्छ । त्यसो गर्दा मृत छाला र फोहोर निस्कन्छ । बाहिरबाट घर आइसकेपछि आफ्नो खुट्टालाई तातो पानीमा डुबाएर सफा गर्नुपर्छ ।

कुर्कुच्चालाई नरम बनाउनुपर्छ

पैतालामा तेल ग्रन्थी नभएका कारण यो सधैं सुख्खा हुन्छ । त्यसको लागि तपाईं राति सुत्नु अगाडि त्यसमा तेल अथवा क्रिमले मसाज गर्नुपर्छ ।

केराको गुदी

फुटेको कुर्कुच्चामा केराको गुदी लगाउनुपर्छ । त्यसलाई १० मिनेटसम्म राखेर त्यसपछि चिसो पानीले धुनुपर्छ । जबसम्म तपाईंको खुट्टा राम्रो हुँदैन । तबसम्म दिनमा एक पटक गर्नुपर्छ ।

कागती

खुट्टालाई कागती र तातो पानीको घोलमा १५ मिनेटसम्म डुबाउनुपर्छ । पैतालालाई स्क्राब गर्नुपर्छ । राम्रोसँग धोएर मोइस्चराइजर लगाएर मोजा लगाउनुपर्छ ।

ग्लिसिरीनको घोल

आधा बाल्टिन पानीमा ग्लिसिरीन हाल्ने र १० मिनेटसम्म त्यस घोलमा खुट्टा डुबाउने गर्नुपर्छ । त्यसपछि चिसो पानीले खुट्टा धुनुपर्छ र आफैं सुक्न दिनुपर्छ । खुट्टा सुकेपछि लोसन लगाएर आफ्नो खुट्टालाई नरम बनाउन सकिन्छ ।

मेवाको गुदी

सुख्खा कुर्कुच्चालाई पाकेको मेवाको गुदिले मसाज गर्नुपर्छ । यसो गर्दा पैताला धेरै फुट्न पाउँदैन र मुलायम पनि हुन्छ ।

दुध र मह

दुधलाई महसँग मिसाउने र त्यसमा आफ्नो खुट्टा १५-२० मिनेटको लागि डुबाउनुपर्छ । त्यसपछि हल्का स्क्राब गर्नु र पछि तातो पानीले धुनुपर्छ ।

नुन

आधा बाल्टी पानीमा नुन हाल्नुपर्छ र राम्रोसँग चलाउनुपर्छ । नुनले तपाईंको कुकुच्चाको मृत छाला निस्कन्छ र खुट्टा कोमल बन्छ ।

तेल मसाज

२० मिनेटको लागि तेल मसाज गर्नुपर्छ र १ घण्टाको लागि खुट्टालाई त्यसै छाडिदिनुपर्छ । यो प्रक्रियालाई हप्तामा तीन पटक राति सुत्नु अगाडि गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment