Comments Add Comment

उसुमा विजय र सुस्मिताले दिलाए स्वर्ण

१७ मंसिर, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत उसुमा नेपालले दुई स्वर्ण पदक जितेको छ ।

उसुको थाउलोमा विजय सिञ्जाली र सुस्मिता तामाङले स्वर्ण पदक जितेका हुन् ।

मंगलबार लगनखेलस्थित आर्मी क्लबको शारीरिक तथा प्रशिक्षण केन्द्रमा भएको प्रतिस्पर्धामा विजयले ९.४८ प्वाइन्ट बनाए । ९.३४ प्वाइन्ट जोडेका बंगलादेशका मोहम्मद ओमारले रजत जित्दा पाकिस्तानका मोहम्मद अब्दुलले काश्य जितेका छन् ।

यस्तै सुस्मिताले ९.४४ अंकका साथ स्वर्ण जितेकी हुन् । श्रीलंकन खेलाडीले रजत र बंगलादेशका खेलाडीले काश्य जितेका छन् ।

सुस्मिताले अघिल्लो संस्करणमा स्वर्ण जित्न सकेके थिइनन् । ‘गेल्ड जित्छु भनेर नै मेहनत गरेको थिए । आज सफल भए । एकदमै खुसी छु’ उनले भनिन् ।

एसियन गेम आफ्नो लक्ष्य भएको उनले सुनाइन् ।

पोखरामा मंगलबार आयोजित दुवाथोलनमा पनि नेपालका हिमाल टमाटाले स्वर्णपदक जितेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment