
१८ मंसिर, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत साइक्लिङ डाउनहिलमा नेपालले दुई स्वर्ण जितेको छ । यससँगै नेपालले जितेको स्वर्ण पदकको संख्या २७ पुगेको छ ।
बुधबार भएको प्रतिस्पर्धामा पुरुषतर्फ राजेश मगर र महिलातर्फ निश्मा श्रेष्ठले स्वर्ण पदक जितेका हुन् ।
यस्तै नेपालका निरभ श्रेष्ठले पुरुषतर्फ र महिलातर्फ जमुना थापाले रजत पदक जितेका छन् ।
नेपाललाई बुधबार नै कराँतेमा अनुपमा मगर र उसुमा दीपक हमालले स्वर्ण पदक दिलाएका छन् । मंगलबारसम्म नेपालले २३ स्वर्ण पदक जितेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4