Comments Add Comment

पेशी छिटो राख्ने भन्दै सर्वोच्च अदालतका कर्मचारीले लिए घुस

१८ मंसिर, काठमाडौं । सर्वोच्च अदालतका नायब सुब्बा सुधीरकुमार खड्काविरुद्ध भ्रष्टाचार सम्बन्धी मुद्दा दर्ता भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार खड्काविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तरगत आरोप–पत्र दायर गरेको हो ।

आयोगका प्रवक्ता प्रदीप कोइरालाका अनुसार खड्काले देवजंग शाहीलाई धरौटीमा छुटाइदिने भनेर २ लाख ५० हजार रुपैयाँ मागेका थिए । विशेष अदालत, काठमाडौंको कैफियत प्रतिवेदनका आधारमा शाही पुर्पक्षका लागि डिल्लीबजार कारागार चलान गरिएका थिए ।

त्यसविरुद्ध सर्वोच्चमा दर्ता निवेदनको विषयलाई लिएर मुद्दालाई सहज बनाउने, पेशी छिटो राखिदिने र धुरौटीमा छुटाइदिने खड्काको आश्वसन थियो । कोइरालाका अनुसार उनले माग गरिएको रकममा ५० हजार रुपैयाँ छुट गरिदिने पनि भनेका थिए ।

आयोगका अनुसार खड्काले उजुरीकर्ताका दाजु विपक्षी भएको विचाराधीन मुद्दामा मिसिल कागजातको प्रतिलिपि उपलब्ध गराउने भनेर पनि दुई पटक गरेर ९ हजार रुपैयाँ लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment