Comments Add Comment

प्रधानमन्त्रीलाई आजै डिस्चार्ज गरिने, राष्ट्रपति अस्पतालमा

१९ मंसिर, काठमाडौं । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार डिस्चार्ज गरिने भएको छ ।

उनलाई दिउँसो ३ बजे डिस्चार्ज गर्न लागिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

त्यसअघि प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे बुझ्न राष्ट्रपति विद्यादेवी भण्डारी अस्पतालमा पुगेकी छन् । प्रधानमन्त्री ओलीको अघिल्लो मंगलबार एपेन्डिसाइटिसको अप्रेसन गरिएको थियो ।

यो पनि पढ्नुहोस अस्पतालमा प्रधानमन्त्रीको एक साता ! यो पनि पढ्नुहोस अस्पतालबाट प्रधानमन्त्रीको भिडियो सन्देश : म उठेर बोल्न सक्ने अवस्थामा छु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment