+
+
Shares

केपी ओलीका पालामा सीमा मिचियो नभन्दिनुहोला : उपप्रधानमन्त्री पोखरेल

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २० गते १०:३९

२० मंसिर, काठमाडौं । उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले छिमेकी देशसँगको सीमा समस्या विरासतका रुपमा आएको बताएका छन् । सीमा बचाऔं अभियानकर्मीहरूले तयार पारेको नक्सा ग्रहण गर्दै बिहीबार उपप्रधानमन्त्री पोखरेलले सीमा विवादमा वर्तमान सरकारलाई दोष लगाउन नमिल्ने बताएका हुन् ।

‘सीमा विवाद हिजोदेखिकै हो, केपी ओली सरकारको पालामा आएर यस्तो भएको नभन्नुहोला’, उपप्रधानमन्त्री पोखरेलले भने, ‘कतिपय ठाउँमा मान्छेहरूले यही सरकारको पालामा यस्तो भएको हो कि भन्ने कुरा बोल्न बोल्न लागेको बुझेको छु ।’

पहिला नक्सामा लिम्पियाधुरासम्मै नेपालको भएको तर पछि गायब भएको उपप्रधानमन्त्री पोखरेलको भनाइ छ । ‘चुच्चो नक्सा कुन बेलादेखि गायब भयो छाम–छाम छुमछुम गर्ने हो भने परैसम्म पुगिन्छ’ उनले भने, ‘हाम्रो ध्यान नपुगेर वा असावधानीवश हो कि ? लघुताभासबाट ग्रस्त भएर हो कि ? स्वार्थवश हो कि ? वा तथ्य प्रमाण नभएर हो कि ?’

अभियानकर्मीहरूसँगको भेटमा उनले नक्सा विवादलाई सीमा विवाद समाधान गर्ने अवसरको रुपमा बदल्न सकिने बताए । उनले भने, ‘सुझबुझपूर्ण तरिकाले काम गर्ने हो, यो अवसरलाई युगान्तकारी प्राप्तिमा बदल्न सक्छौं ।’

अभियानका संयोजक भैरव रिसाल, डा. द्वारिकानाथ ढुंगेल, सोनाम साथी, हिरण्यलाल श्रेष्ठ, कमल बराललगायतले सुगौली सन्धिअनुसारको पश्चिम नेपालको सीमा कायम भएको नक्सासहित उपप्रधानमन्त्री पोखरेललाई ज्ञापनपत्र बुझाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?