
नेपाली चलचित्रले भिलेन अर्थात खलपात्रको परिभाषा विस्तारै परिवर्तन गर्दैछ । चलचित्रमा नकारात्मक चरित्रमा देखिदा लामो कपाल पाल्नैपर्ने, ठूलो पेट हुनुपर्ने जुन खालको सोच थियो, त्यो हराउँदै गएको पाइन्छ ।
भिलेन पनि अब लुक्समा नायकलाई चुनौती दिने भैसकेका छन् । पछिल्ला केही वर्षयता नायक अनुप विक्रम शाहीलाई ‘ह्यान्डसम भिलेन’को रुपमा चिनिन्छ । तपाइले चलचित्र ‘सरौतो’ हेर्नुभएको छ भने, त्यसमा एक जना पात्र छन् । आकर्षक शरीर बनाएका, ह्यान्डसम लुक्समा देखिने पात्र धेरैको नजरमा परेका छन् । उनको वास्तविक नाम, टंक धमला हो ।
बेलायतमा बस्दै आएका टंकलाई चलचित्रमा भने ‘लियो ट्यांक’को नामबाट चिनिन्छ । टंक आफूलाई कलाकारितामा ‘लियो’ नामबाट नै चिनाउन चाहन्छन् । बेलायतमा रहेर पनि म्यूजिक भिडियो, छोटा चलचित्रमा काम गर्दै आएका लियोको ‘सरौतो’ भने डेब्यू चलचित्र हो ।
चलचित्रमा उनको गेटअप, प्रस्तुति आदिले दर्शकको मन जित्छ । नेपाली चलचित्रमा अर्का एकजना ‘ह्यान्डसम भिलेन’को उदय भएको छ । अब, उनलाई चलचित्र क्षेत्रले कसरी लिने हो र उनले आफूलाई कसरी अगाडि बढाउने हुन्, यसमा भने धेरै कुरा निर्भर रहन्छ ।
भलै, ‘सरौतो’ बक्स अफिसमा असफल भयो । तर, लियो भने चलचित्रकर्मीको नजरमा नोटिस भएका छन्। ‘सरौतो’का निर्देशक हरि हुमागाँई भन्छन्–‘लियो चलचित्र क्षेत्रमा केही गर्न चाहन्छन् । यसैका लागि उनी बेलायतबाट नेपाल आए र काम गरे ।’
प्रतिक्रिया 4