+
+
Shares

दीपिका भन्छिन्–‘डिप्रेशन भएको मैले थाहा नै पाइनँ, म कुनामा बसेर रुन्थेँ’

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २० गते १२:२७

बलिउड नायिका दीपिका पादुकोणले डिप्रेशनमा रहँदा भोगेको समस्याहरु शेयर गरेकी छिन् । न्यूयोर्क टाइम्ससँग कुराकानी गर्दै उनले भनेकी छिन्–‘म डिप्रेशनसँग जुधिरहँदा जुन समय मैले बिताएँ, त्यो मेरो जिन्दगीको सबैभन्दा राम्रो समय हुन सक्थ्यो ।’

१. यो त्यस्तो समयमा भयो, जतिबेला मलाई आशा निकै कम लाग्थ्यो । म रुनका लागि कुनै कोठाको कुना खोज्थेँ । एक पटक हामी एउटा गीतको छायांकन गरिरहेका थियौं, सबैमा जोश थियो । तर, म आफूलाई एक्लो महशुश गरिरहेको थिएँ । म बाथरुममा गएर रुन थालेँ ।’

२. सन् २००४ मा मैले यसको लक्षण महशुश गरेको थिएँ । लामो समयसम्म काम गर्दा म बेहोस भएकी थिएँ । जब म भोलीपल्ट ब्यूझिएँ, त्यतीबेला मैले आफूमा रित्तो महशुश गरेँ । मलाई मात्र रुन मन लाग्थ्यो ।

३. यो मेरो जिन्दगीको सबैभन्दा मिठो समय हुन सक्थ्यो । जतिबेला मैले ४ वटा राम्रा चलचित्रमा काम गरेको थिएँ । मलाई परिवारको पूर्ण समर्थन थियो र म एकजना यूवकसँग डेट गरिरहेको थिएँ । पछि उनी मेरो श्रीमान् बनेँ । मसँग एक्लोपना महशुश गर्ने कुनै कारण थिएन, तर पनि म गरिरहेको थिएँ ।

४. म हरेक समय थाकेको र उदास महसुश गर्थेँ । यदि, कसैले मलाई खुशी बनाउनका लागि रोमान्टिक गीत बजाउथ्यो भने, मलाई नराम्रो महुशश हुन्थ्यो । मलाई हरेक दिन उठ्न निकै नै अल्छी लाग्थ्यो । म हरेक समय निदाउन चाहन्थेँ । जब म निदाउथ्यँ, त्यतीबेला मलाई मेरो वास्तविकतासँग जुध्नु पर्दैनथ्यो ।

५. मनोचिकित्सकहरुका अनुसार, म क्लिनिकल डिप्रेशनमा थिएँ । म एकदमै आत्तिएको हुन्थेँ । तर, जब मलाई डाक्टरले सबै कुरा बताए मैले आफूमा उर्जा महशुश गरेँ । म कस्तो समयबाट अगाडि बढिरहेको छु भन्ने कसैले वुझेकोमा म खुशी थिएँ । मैले, जुन खालको अनुभव गरिरहेको थिएँ, त्यो संघर्षपूर्ण थियो ।

६. मैले मसँग भएको परिस्थितीलाई स्विकार गरेको थिएँ । म योसँग लड्न चाहिनँ । डाक्टरले मलाई औषधी लेखिदिए र मेरो दैनिकीलाई परिवर्तन गर्न आग्रह गरे । निन्द्रा, स्वास्थ्यकर खाना, व्यायमलाई मैले तालिका बनाएरै लागू गरे । यो कुरामा ध्यान दिदा, मलाई म आफू को हुँ भन्ने महुशश भयो ।

७. जब म ठिक भएँ, यसपछि मैले सोचेँ कि, मैले यो बिमारीको बिषयमा किन थाहा पाइनँ ? मेरी आमा भन्दा अरुलाई यसको लक्षण किन थाहा भएन ? म आफ्नो आवाज दबाएर किन बाँचेकी थिएँ ? यी सबै कुराले मलाई आफ्नो डिप्रेशनको अनुभव जनतामाझ ल्याउन प्रेरित गरेको हो । यदि, कोही यस्तो समस्या भोगिरहेको छ र मेरो कुरा पढेर आफूलाई एक्लो महशुश गर्दैन भने मेरा लागि यत्ती नै पर्याप्त छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?