Comments Add Comment

माल्दिभ्सलाई नेपालले दियो १६४ रनको लक्ष्य

करण केसीले अन्तिम ओभरमा बनाए २४ रन

२० मंसिर, काठमाडौं । १३ औं साग अन्तर्गत नेपाल र माल्दिभ्सविरुद्धको टि–२० क्रिकेटमा नेपालले पहिले ब्याटिङ गर्दै एक सय ६३ रन जोडेको छ । सामान्य स्कोरतर्फ अघि बढेको नेपाललाई करण केसीले अन्तिम ओभरमा २४ रन बटुल्दै उकासेका थिए ।

नियमित विकेट पतनले गर्दा नेपाल अपेक्षित रुपमा विशाल स्कोर बनाउन भने चुक्यो । पूर्वकप्तान पारस खड्का सस्तैमा आउट भएपछि नेपालको विकेट पतन सुरु भएको थियो । उनले ९ बलमा ११ रन मात्र जोड्न सके । यसैगरी भुटानविरुद्ध शतक बनाएका कप्तान ज्ञानेन्द्र मल्ल पनि १९ रनमा आउट भए ।

तेस्रो नम्बरमा आएका आरिफ सेखले १७ रन बनाएर पेभिलियन फर्किए भने रोहित कुमार पौडेल र पवन सर्राफको ब्याट पनि चलेन । त्यसपछि नेपालको ब्याटिङ सम्हाल्ने जिम्मा दीपेन्द्र सिंह ऐरीको काँधमा आएको थियो ।

ऐरीले विनोद भण्डारीसित उपयोगी साझेदारी गरे । भण्डारी १९ रन बनाएर आउट भए । ऐरी पनि ३६ बलमा ३९ रन बनाएर आउट भएपछि करण केसीले ब्याट घुमाउन थालेका थिए । उनले नेपालका लागि मात्र १६ बलमा सर्वाधिक ४० रन बनाएका छन् ।

नेपालले फाइनलमा स्थान बनाउनका लागि माल्दिभ्स विरुद्ध जित अनिवार्य छ । नेपालले आफ्ना प्रमुख बलर सोमपाल कामीलाई आज पनि बेन्चमा राखेको छ भने रासिद खानलाई पनि खेलाइएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment