Comments Add Comment

गौरिकाले जितिन् दोस्रो स्वर्ण पदक

२० मंसिर, काठमाडौं । पौडीबाज गौरिका सिंहले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा दोस्रो स्वर्ण जितेकी छन् ।

शुक्रबार २०० मिटर ब्याकस्ट्रोकमा उनले स्वर्ण जितेकी हुन् । उनले निर्धारित दुरी २ मिनेट १७.७३ सेकेण्डमा पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेकी हुन् ।

यसअघि शुक्रबार नै हिट चरणमा २ मिनेट ३४.१६ सेकेण्डको नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् ।

त्यसअघिको रेकर्ड पनि उनकै नाममा थियो । नेपालगञ्जमा भएको आठौं राष्ट्रिय खेलकुदमा उनले २ मिनेट ४१.२५ सेकेण्डको राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् ।

यो स्पर्धामा भारतीय खेलाडीले रजत र श्रीलंकन खेलाडीले कास्य पदक जिते ।

गौरिकाले बिहीबार महिला २०० मिटर फ्री स्टाइलमा स्वर्ण जितेकी थिइन् भने महिला ४०० मिटर फ्री स्टाइलमा उनीसहितको टिमले काश्य ।

तस्वीरः विकास श्रेष्ठ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment