Comments Add Comment

‘चालबाज’मा अविनाशसँग रोमान्स गर्दै केकी

सौरभ इन्टरनेन्मेन्ट र बालाली प्रोडक्शनको ब्यानरमा चलचित्र ‘चालबाज’को निर्माण हुने भएको छ । यो चलचित्रको आज दार्जिलिङको मिरिकमा शुभसाइत गरिएको छ । चलचित्रको छायांकन भोलीदेखि सुरु हुनेछ । अरुण तामाङको लगानीमा बन्न लागेको यो चलचित्रलाई कैलाश राइले निर्देशन गर्दैछन् । यो चलचित्रमा नायिका केकी अधिकारी, कलाकार वुद्दि तामाङको साथमा नव–कलाकार अविनाश प्रधानको मुख्य भूमिका रहनेछ ।

यी कलाकारको साथमा चलचित्रमा महेन्द्र बागदाश, चाँदनी प्रधान, सान्तिला तामाङको मुख्य भूमिका रहनेछ ।

चलचित्रमा सौरभ लामाको छायांकन, कमल राई र रामजी लामिछानेको नृत्य निर्देशन, दीपक शर्मा र अगोम गुरुङको संगीत, विपिन किरणको शब्द रहनेछ । चलचित्रका प्रोडक्शन म्यानेजर सुदिप ढकाल हुन् ।

यो चलचित्रलाई सस्पेन्स लभ स्टोरी कथामा निर्माण गर्न लागिएको निर्माणपक्षले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment