Comments Add Comment

इरानको सरकार विरोधी प्रदर्शनमा २०८ जनाको मृत्यु, ७ हजार पक्राउ

२१ मंसिर, काठमाडौं । इरानमा पछिल्लो समय भइरहेको सरकार विरोधी प्रदर्शनका क्रममा अहिलेसम्म २०८ जनाको मृत्यु भएको छ भने ७ हजार जना प्रदर्शनकारी पक्राउ परेका छन् ।

संयुक्त राष्ट्रसंघले शुक्रबार सार्वजनिक गरेको विवरण अनुसार पक्राउ परेकामध्ये अधिकांश केही समयमै रिहा पनि भएका थिए ।

राष्ट्रसंघको मानवीय सहायतासम्बन्धी कार्यालयले जारी गरेको वक्तव्यमा आधिकारीक तथा घटनालाई पुष्टि गरेका भिडियोमा प्रदर्शनकारीलाई सुरक्षाकर्मीले पिट्ने, लखेट्ने, गोली प्रहार गर्ने, हत्याको प्रयास गर्नेजस्ता कृयाकलाप भएको देखिएको छ ।

प्रदर्शनका क्रममा अहिलेसम्म २०८ जनाको मृत्यु भएको एम्नेष्टी इन्टरनेश्नलले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ ।

भिडियोमा सुरक्षाकर्मीहरु धेरै ठाउँमा प्रदर्शनकारीविरुद्ध जाइलागेको देखिएको मानवअधिकारसम्वन्धी राष्ट्रसंघीय उच्च आयुक्त मिचेल बाचेलेटले बताए । प्रदर्शनकारीहरु भागेर टाढा टाढा जादाँ पनि सुरक्षाकर्मीहरुले पछाडिबाट गोली प्रहार गरेको देखिएको उनको भनाइ छ ।

पेट्रोलको मूल्य वृद्धिको विरोधमा इरानमा प्रदर्शन हुँदै आएको छ । पेट्रोलमा धनी मानिने इरानले हालै सोही इन्धनमा २ सय प्रतिशतले मूल्य वृद्धि गरेको थियो ।

अमेरिकी नाकावन्दीका कारण इरानमा आर्थिक मन्दीको अवस्था सिर्जना भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment