Comments Add Comment

विद्युत सर्ट हुँदा इटहरीको होटल बिग बारमा आगलागी

फाइल फोटो ।

२२ मंसिर, काठमाडौं । विद्युत सर्ट हुँदा सुनसरीको इटहरीस्थित होटल बिग बारमा आइतबार बिहान आगलागी भएको छ ।

इटहरी उपमहानगरपालिका-६ बीरेन्द्रचोकमा रहेको किरण बुढाथोकीको होटल बिग बारमा आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट होटलभित्र भएको सबै सामान जलेर नष्ट भएको र क्षतिकाबारेमा विवरण संकलन गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिने काम भएको र आगलागीका सम्मबन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment