+
+
Shares

आईसेकद्वारा नेपालमा ‘एक्सन फर एसडीजी’ आयोजना

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २२ गते १९:५८

२२ मंसिर, काठमाडौं । आईसेकले नेपालमा डिसेम्बर ७, २०१९ मा रेडिसन होटेलमा ‘एक्सन फर एसडीजी’ आयोजना गरेको छ ।

कोका–कोलाद्वारा प्रायोजित यो कार्यक्रममा खल्ती, र्याली इन्टरनेशनल, रेस्टलेस डेभलप्मेन्ट, भीएसओ र संयुक्त राष्ट्रसंघको सहकार्यमा क्याथे पेसिफिक र प्लान इन्टरनेशनलले सह–प्रायोजन गरेको थियो ।

कार्यक्रममा ३०० भन्दा बढि युवाहरु आफ्ना अद्भुत आईडियाहरु २० भन्दा बढि कम्पनीहरुले उत्पादनमा रुपान्तरण गर्न मद्दत तथा मार्गदर्शन गरेका थिए साथै १० भन्दा बढि विशेषज्ञहरुले आफुलाई अगाडि बढ्ने हौसला, योगदान, संघर्ष र सिकाईहरुका अनुभव साटेका थिए ।

यो कार्यक्रमले आफ्ना विचार, उत्पादन र सेवाहरुमार्फत एसडीजीमा केन्द्रित रहेर समाजमा परिर्वतन गर्न चाहने युवाहरुका लागि प्ल्याटफर्म प्रदान गरेको छ । ५ केन्द्रित एसडीजीहरु गुणस्तरीय शिक्षा, लैङ्गिक समानता, सफा पानी र सरसफाई, शान्ति, न्याय र कडा संस्था तथा लक्ष्यका लागि साझेदारी रहेका छन् ।

बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले भने, ‘हामी युवाहरुलाई आधारभुत जीवन र व्यवसायीक सीप तथा प्रभावशाली सञ्जालको प्रवधानमार्फत नेतृत्वको यात्रामा सहयोग गर्न पाउँदा निकै खुशी छौं । हामी यो महत्वपूर्ण पहललाई निरन्तर सहयोग गर्न जारी राख्नेछौं र समुदायमा पुर्याउने सकारात्मक परिर्वतनलाई विकसित गर्नेछौं । ऊर्जावान र उत्साहित युवाहरु एकसाथ समुदायमा अझ बढि प्रभाव पार्ने कार्यहरुमा लाग्नु यो हाम्रो लागि प्रेरणाको कुरा हो ।’

शिर्ष ३ आइडियाहरुलाई ६० प्रतिशत माथि उल्लेखित स्पिकरहरुले र ४०% खल्तीको पोलिङ प्रणालीमार्फत दर्शकहरुले चयन गरेका हुन् । शिर्ष ३ विजेता नवराज खनाल, इमिशा पोखरेल र टिम तथा कृतिका कार्कीले सिड फण्डिङ र ६ महिनासम्म आईसेकबाट उनीहरुको आईडियालाई जुन महिनाको अन्त्यसम्म वास्तविकतामा ल्याउन सहयोग गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?