Comments Add Comment

बालयौन दुराचारमा संलग्न भएको अभियोगमा अमेरिकी नागरिक पक्राउ

२३ मंसिर, काठमाडौं । आर्थिक प्रलोभन देखाएर नेपाली बालबालिकामाथि यौन शोषण गरेको आरोपमा एक जना विदेशी नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा अमेरिकी नागरिक राहदानी नं. ५६७४७२५३५ वाहक ४० वर्षीय ज्यासन ल्योयड मुडी छन् ।

उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै रहेको गेस्ट हाउसको कोठा नं. १०४ बाट पक्राउ गरिएको हो ।

ब्युरोका प्रवक्ता एसपी वेलबहादुर पाण्डेका अनुसार मेमोरियल गेस्ट हाउसको उक्त कोठाबाट ती बालिकाको उद्दार गरिएको छ । प्रहरीका अनुसार पक्राउ परेका अमेरिकी नागरिक पेडो (बाल यौन दुराचारी) हुन् ।

उनको साथबाट प्रहरीले अमेरिकी राहदानी तीन वटासहित ल्यापटप, विभिन्न कम्पनीको मोबाइल, एटीएम कार्ड, विश्व भाषा क्याम्पसबाट जारी आईडी कार्ड लगायत बरामद भएको छ ।

उनीमाथि जबरजस्तीकरणीको कसुर अन्तरगत म्याद थप गरेर अनुसन्धान भइरहेको जनाइएको छ ।

यो पनि पढ्नुस् 

विदेशी बाल यौन दुराचारीलाई नेपालीकै सहयोग !

सामाजिक सञ्जालबाट ‘टार्गेट’ रोज्छन् बाल यौन दुराचारी

पर्यटक भेषमा अपराधः बाल यौन दूराचारीको फन्दामा नेपाली बालबालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment