Comments Add Comment

गैरमुस्लिम शरणार्थीलाई नागरिकता दिने प्रावधानसहितको विधेयक भारतीय सदनबाट पारित

विधेयक पारितपछि भएको विरोध प्रदर्शन ।

२४ मंसिर, काठमाडौं । छिमेकी तीन देश (पाकिस्तान, बंगलादेश र अफगानिस्तान) बाट आउने गैरमुस्लिम शरणार्थीलाई नागरिकता दिन सकिने प्रावधानसहितको विधेयक भारतको तल्लो सदनले पारित गरेको छ ।

लोकसभामा सोमबार राति भएको मतदानबाट यस्तो प्रावधानसहितको नागरिकता विधेयक पारित भएको हो । भारतीय सञ्चार माध्यमहरूले जनाएअनुसार, विधेयकको पक्षमा ३११ र विपक्षमा ८० मत परेको छ ।

विवादास्पद विधेयकले पाकिस्तान, बाङ्लादेश र अफ्गानिस्तानबाट आएका धार्मिक अल्पसंख्यकलाई नागरिकता दिन खोजेको छ ।

विधेयक पारितपछि यसको यसको पक्ष र विपक्षमा मत विभाजित भएको छ । सत्ताधारी भारतीय जनता पार्टी (भाजपा) ले धार्मिक हिंसामा परी देश छाड्नुपर्ने अवस्थामा पुगेकालाई यसले संरक्षण गर्ने भन्दै विधेकको बचाउ गरेको छ ।

भारतीय प्रधानमन्त्री मोदीले यसलाई सबैलाई मिलाएर राख्ने र मानवीय मूल्यले भरिएको शताब्दियौं पुरानो परम्पराअनुसार विधेयक पारित गरेको जनाएका छन् ।

आलोचकहरूले भने पारित विधेयक संविधानमा उल्लेख धर्मनिरपेक्षताविरुद्ध भएको भन्दै आलोचना गरेका छन् । कतिपय स्थानमा विधेयक पारितको विरोधमा प्रदर्शनसमेत भइरहेको छ ।

तल्लो सदनबाट पारित विधेयकले अब मािथल्लो सदनमा प्रवेश पाउनेछ । माथिल्लो सदनबाट पारित भएपछि मात्रै कानून बन्ने बाटो खुल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment