Comments Add Comment

मानव तस्करीको अनौठो काइदा : फिनल्याण्ड पठाउने भन्दै रुसभित्रै नक्कली सिमाना

काठमाडौं । दुनियामा ठगहरुले यस्ता-यस्ता काइदा अपनाउँदछन् कि ती ठगहरु साँच्चिकै मास्टरमाइण्ड जस्ता लाग्दछन् । हालै रुसमा एउटा यस्तै घटना भएको छ ।

रुसमा हालै एकजना यस्ता ठगलाई पक्राउ गरिएको छ जसले फिनल्याण्ड छिर्ने सिमाना भन्दै रुसभित्रै नक्कली अन्तर्राष्ट्रिय सिमाना खडा गरेर आप्रवासीहरुलाई ठग्दै आएका थिए ।

फिनल्याण्डसँगको सीमा क्षेत्रभन्दा झण्डै १५ किलोमिटर टाढा पर्ने रुसको व्यबोर्ग सहरकै छेउँमा रहेको जंगलमा उनले नक्कली बोर्डर पोष्ट खडा गरेका थिए । उक्त पोष्टबाट पार गरेसँगै फिनल्याण्ड पुगिने र त्यहाँब्ााट ईयूका अन्य देशमा समेत छिर्न पाइने भन्दै उनले विभिन्न देशका आप्रवासीहरुबाट रकम असूली गर्दै आएका थिए ।

उनले त्यस ठाउँमा नक्कली सीमा पोष्ट नै ठड्याएका थिए । सीमा कटाउने भन्दै उनले चारजना दक्षिण एसियाली मूलका आप्रवासीहरुबाट झण्डै १३ लाख रुपैयाँ बराबरको रकम असूली गरेको पाइएको छ ।

रुसको सीमा सुरक्षा बलले ती युवक र उनले ठगी गरेका चारजना दक्षिण एसियाली मुलका युवाहरुलाई पक्राउ गरेसँगै घटनाको रहस्योद्घाटन भएको हो ।

तस्करहरुबाट ठगीमा परेका र रुसी सुरक्षाकर्मीले पक्राउ गरेका दक्षिण एसियाली आप्रवासीहरुको परिचय भने खुलाइएको छैन ।

सेन्ट पिटर्सबर्ग अदालतले ती आप्रवासी कामदारलाई आफ्नै देश फिर्ता पठाउन आदेश दिएको डेली मेलले उल्लेख गरेको छ ।

-एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सागको शानदार समापन

Advertisment