Comments Add Comment

डल्लुमा सुजुकीको निःशुल्क सर्भिस क्याम्प

२५ मंसिर, काठमाडौं । सीजी मोटोकर्पको डल्लुस्थित सुजुकी ‘स्टेट-अफ-आर्ट’ सर्भिस सेन्टरमा सुजुकी ब्रान्डका कारधनीहरुका लागि आकर्षक अफरहरुसहित ६ दिने निःशुल्क सर्भिस क्याम्प सुरु भएको छ ।

सर्भिस क्याम्प अवधिमा’एसी चेक’, ‘ब्याट्री चेक’, ‘ओभरअल चेकअप’ र ‘कार वाश’निःशुल्क गरिनेछ भने ‘थि्र डी ह्विल अलान्मेन्ट’ र ‘एसडीटी डायग्नोस्टिक’मा ५० प्रतिशत छुट दिइनेछ ।

स्पेयर पार्टस्, इन्जिनआयल र एसेसोरिजमा १० प्रतिशत छुट दिइनेछ । निःशुल्क सर्भिस क्याम्प आउँदो मंसिर ३० गतेसम्मजारी रहनेछ ।

डल्लू कंकेश्वरी मन्दिर नजिक रहेको सुजुकी सर्भिस सेन्टर नेपालकै ठूलो सुविधा सम्पन्न सर्भिस सेन्टर हो । यहाँ अत्याधुनिक उपकरण र डायग्नोस्टिक सिस्टम समेत रहेको छ ।

२३ हजार तीन सय ८१ स्क्वायर फिटमा फैलिएको सर्भिस सेन्टरमा हरेक महिना दुई हजारभन्दा बढी कार सर्भिसिङ गर्ने क्षमता क्षमता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment