+
+
Shares

नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २५ गते १७:४२

२१ मंसिर, काठमाडौं । नुवाकोटमा बुधबार भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बा.८० प ६५७६ नम्बरको मोटरसाइकल चालक बिदुर नगरपालिका-७ बस्ने २८ वर्षीय सुजन रिजाल रहेका छन् ।

बिदुर नगरपालिका-७ स्थित तुप्चेटारबाट सोलेतर्फ आउँदै गरेको समयमा मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब १० मोटर तल खस्दा उनी गम्भीर घाइते भएका थिए ।

घाइते सुजनको जिल्ला अस्पताल नुवाकोटमा उपचारको क्रममा मृत्यु भएको र दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?