+
+
Shares

लाइसेन्स वितरण व्यवस्थित बनाउन त्रिपक्षीय सम्झौता

जारी भएका लाइसेन्स सम्बन्धित प्रदेश कार्यालयमा वितरण गर्ने वा सेवाग्राहीले इच्छाएको ठेगानामा पुर्‍याउने कार्यलाई व्यवस्थित गर्न यो सम्झौता गरिएको बताइएको छ। 

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ६ गते १६:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • यातायात व्यवस्था विभाग, हुलाक सेवा विभाग र सुरक्षण मुद्रण केन्द्रबीच लाइसेन्स वितरण व्यवस्थित र सहज बनाउन त्रिपक्षीय सम्झौता भएको छ।
  • सम्झौताअनुसार विद्युतीय ड्राइभिङ लाइसेन्स र सवारी दर्ता प्रणालीको डाटा सोझै सुरक्षण मुद्रण केन्द्रमा गएर त्यहीँबाट लाइसेन्स छपाइ हुनेछ।
  • विद्युतीय दर्ता प्रणालीबाट जारी लाइसेन्स प्रदेश कार्यालयमा वा सेवाग्राहीले इच्छाएको ठेगानामा पुर्‍याउने व्यवस्था पनि मिलाइनेछ।

६ भदौ, काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरणलाई थप व्यवस्थित र सहज बनाउन त्रिपक्षीय सम्झौता गरिएको छ। मंगलबार यातायात व्यवस्था विभाग, हुलाक सेवा विभाग र सुरक्षण मुद्रण केन्द्रबीच पूर्वाधार विकास मन्त्रालयमा त्रिपक्षीय सम्झौता भएको हो।

सम्झौताअनुसार यातायात व्यवस्था विभागबाट सञ्चालनमा रहेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणालीमार्फत जारी हुने लाइसेन्सको डाटा सोझै सुरक्षण मुद्रण केन्द्रको प्रणालीमा जाने र त्यहीँबाट लाइसेन्स छपाइ हुने व्यवस्था गरिएको छ।

विद्युतीय दर्ता प्रणालीबाट जारी भएका लाइसेन्स सम्बन्धित प्रदेश कार्यालयमा वितरण गर्ने वा सेवाग्राहीले इच्छाएको ठेगानामा पुर्‍याउने कार्यलाई व्यवस्थित गर्न यो सम्झौता गरिएको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?