News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल मेडिकल काउन्सिलले गैरआवासीय ३६ जना चिकित्सकको लाइसेन्स खारेज हालका लागि स्थगित गरेको छ।
- वैशाख २९ गते बसेको काउन्सिलको पूर्ण बैठकले ती चिकित्सकको नाम दर्ता किताबमै राख्ने निर्णय गरेको हो।
- काउन्सिलले विदेशी राहदानी लिएका १९ जना चिकित्सकको नाम दर्ता खारेज गर्ने निर्णय गरेको थियो।
४ जेठ, काठमाडौं । नेपाल मेडिकल काउन्सिलले गैरआवासीय ३६ जना चिकित्सकको लाइसेन्स खारेज हालका लागि स्थगित गरेको छ । काउन्सिलको दुई चरणमा गरी ३६ जना गैरआवासीय चिकित्सकको लाइसेन्स खारेज गर्ने निर्णय गरेको थियो ।
तर, यसको चर्को विरोध भएपछि काउन्सिलको वैशाख २९ गते बसेको पूर्ण बैठकले हालका लागि उनीहरूको नाम दर्ता किताबमै राख्ने निर्णय गरेको हो ।
काउन्सिलले यसअघि ‘नेपाल मेडिकल काउन्सिल ऐन २०२०, नियमावली २०२४, नेपाल नागरिकता ऐन २०६३ अनुसार नेपाली नागरिकता परित्याग गरी विदेशी राहदानी लिएका ती १९ जना चिकित्सकको काउन्सिलको दर्ता कितावबाट नाम दर्ता खारेज’ गर्ने निर्णय गरेको थियो ।
काउन्सिलका निमित्त रजिष्ट्रार डा. दीपेन्द्र पाण्डेका अनुसार अब संसारभरि रहेका गैरआवासीय नेपाली चिकित्सकलाई दर्ताका लागि आह्वान गरिने छ ।
प्रतिक्रिया 4